बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०२० हुँदै

बुधबार, १५ माघ २०७६, १३ : २८
बुधबार, १५ माघ २०७६

काठमाडौं– यही माघ १७ गतेदेखि १९ गतेसम्म काठमाडौंमा उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०२० हुने भउको छ । 

काठ तथा फर्निचर र यी क्षेत्रमा प्रयोग भइरहेका नयाँ प्रविधिकोबारेमा जानकारी दिने उद्देश्यले काठमाडौंको भृकुटी मण्डपमा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुन लागेको हो । फ्युचरेक्स ट्रेड फेयर तथा इभेन्ट र मिडिया सोलुसन्सले संयुक्तरुपमा आयोजना गर्न लागेको प्रदर्शनीले नेपाली उत्पादनलाई प्रवर्धन गर्ने तथा अन्तर्राष्ट्रिय प्रविधिसँग परिचित गर्ने आयोजकले जनाएको छ । 

मेलामा फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादन तथा नयाँ प्रविधिको बारेमा जानकारी दिइने छ । प्रदर्शनीमा मेसिन तथा मेसिनरी वस्तुमा विशेष जोड दिइने जसले विभिन्न प्रविधिमा जोड दिई आयात कम गर्नसमेत सहयोग गर्ने आयोजकको दाबी छ । 

पाँचौ संस्करणको प्रदर्शनी तीन दिनसम्म चल्ने र २०० भन्दा बढी ब्राण्डका १५० बढी स्टलहरु रहने जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप