‘तक्मेबुढा’ बने बाबु
बुधबार, १५ माघ २०७६, १३ : २८
काठमाडौं । हास्य कलाकार विल्सन विक्रम राई ‘तक्मेबुढा’लाई पुत्र लाभ भएको छ । उनकी श्रीमती सरीना लामाले आज छोरालाई जन्म दिएकी हुन् ।
इलामकी सरीनासँग राईको गतवर्षको फागुनमा बिवाह भएको थियो ।
राईले पुत्रलाभ भएको खुसी आफ्नो फेसबुक मार्फत तस्बिर सहित शेयर गरेका छन् । आफ्नो जन्मदिनमा छोरा जन्मेको र बाबु बन्न पाएकोमा निकै खुसी महसुस भएको उनले सामाजिक संजालमा लेखेका छन् ।
सन् १९८७ जनवरी २९ तारिखका दिन झापामा जन्मेका राईको आज ३४ औँ जन्मदिन समेत परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा