शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस स्वतन्त्रता र मानवअधिकारको बारेमा प्रश्न उठाउनु निरर्थक : प्रधानमन्त्री ओली

बुधबार, १५ माघ २०७६, १२ : ३९
बुधबार, १५ माघ २०७६

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारसँग जोडेर प्रेस स्वतन्त्रता र मानवअधिकारको बारेमा प्रश्न गर्नु निरर्थक रहेको बताएका छन् ।

बुधबार सत्तारुढ दल नेकपाको दोस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन् ।

लामो संघर्षबाट अहिलेको व्यवस्था आएको भन्दै प्रधानमन्त्री ओलीले भावनामा बगेर क्रान्ति र परिवर्तन नहुने बताए । उनले परिस्थितिलाई बुझेर अघि बढ्न आग्रह गर्दै आकर्षक कुरामात्र नगरी सरकार गन्तव्यमा पुग्ने गरी हिँडिरहेको बताए । 

उनले वादविवादबाट नभइ नतिजाबाटै जवाफ दिन तयार रहको पनि बताए । ‘लोकतन्त्रप्रति प्रश्न उठाउने गरिएको छ । प्रेस स्वतन्त्रताबारे प्रश्न उठाउने गरिएको छ । यस्तो प्रश्न गर्नु निरर्थक छ,’ उनले भने, ‘तर हामी वैचारिक आग्रह पूर्वाग्रहबाट माथि उठेर, २१ औँ शताब्दीका मानिसले प्राप्त गरेका मूल्यमान्यताको दाँजोमा आफुलाई प्रस्तुत गर्न चाहान्छौँ ।’

उनले आफ्नो नेतृत्वको सरकार संयुक्त राष्ट्रसंघको वडापत्र या अन्तर्राष्ट्रिय जगतले निकालेका राजनीतिक प्रणालीको मापदण्डका आधारमा प्रतिस्पर्धा गर्न चाहेको भन्दै ती मापदण्डमा हामी अगाडि नै रहेको बताए ।

‘लोकतन्त्र, लोकतान्त्रिक प्रणाली र त्यस अन्र्तगतका प्रकृया मानवअधिकार, स्वतन्त्रता, वा शान्तिपूर्ण बाटो आदर्शका रुपमा अङ्गीकार गरेका छौँ । शान्तिपूर्ण ढङ्गले समाज अघि बढ्न सक्छ । त्यसै कारण नेपालको राजनीतिमा विभिन्नले विभिन्न समयमा हतियार उठाएपनि पछि शान्तिपुर्ण बाटोमा आएको बताए । ‘काँग्रेसले पनि २००७, २०२७ र ३१ मा हतियार चलाएको थियो । नेकपाले पनि विभिन्न समयमा हतियार उठाएको हो,’ प्रधानमन्त्री ओलीको भनाई छ ।  उनले त्यसका बारेमा बहस गर्न सकिने भन्दै नेपालको राजनीति नेपाली ट्रेन्डअनुसार नै सहमतिका आधारमा बढ्ने बाटोमा आएको दाबीसमेत गरे ।

‘हामीले लोकतान्त्रिक विशेषतालाई जनताको जनवाद भनेर नामाकारण गरेका छौँ । यो व्यवस्थामा पारदर्शिता, मानवअधिकार, प्रेशस्वतन्त्रताको ग्यारेन्टी गरिएको छ’, ओलीको भनाई छ । उनले लोकतन्त्र मात्रै नभएर पुर्ण लोकतन्त्रका रुपमा आर्थिक, सामाजिक न्यायसहितको लोकतन्त्रको पक्षमा आफु रहेको बताए । ‘कोही भोकै मर्नु नपरेको र सडकमा बालबालिका बस्ने अवस्थाको अन्त्य गरेका छौँ । छोटो समयमा हामीले यस्तो सफलता हासिल गरेका हौँ । सम्बृद्धि हासिल गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने बाटोमा लागेका छौँ,’ सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, ‘यी सबै भइसके भन्ने होइन तर हाम्रा प्रयास त्यता छन् ।’

प्रधानमन्त्रीले  सरकार बनेको २ बर्षको अवधिमा कुन बाटो, गति र दिशा लिएका छ भन्ने मुख्य प्रश्न भएको पनि बताए ।

देउवालाई झटारो

सम्बोधनका क्रममा ओलीले सन् २०२० लाई नेपालले नेपाल भ्रमण वर्षका रुपमा मनाइरहेको बताए । त्यस क्रममा उनले मङ्गलबार संसदमा आफुले बोलेको कुरा काँग्रेस सभापति शेरबहादुर देउवाले नबुझेर प्रतिकृया दिएको बताए ।

‘भ्रमण वर्षका अवसरमा मैले हिजो नोबल कोरोेना भइरसले धक्का दिने हो की भनेर बोलेको थिए । त्यो कसले कति बुझ्यो । मलाई थाहा छैन’,  उनले प्रष्ट पादै भने, ‘तर हामी ठूलो धक्का पर्न दिँदैनौ । हामी कहाँ एकजनामा मात्रै विरामी देखिएको छ ।’

प्रधानमन्त्री ओलीले सरकारले केही गरेन भन्नेहरुलाई सरकारले राम्रा काम गरिरहेको जवाफ दिए । ‘सरकारले केही गरेन भन्ने छ । यसबारेमा पुस्तिकाबाट केही दिनमा आउँछ, यो सरकारले कुनैपनि मानकलाई माइनसमा जान दिएको छैन,’ प्रधानमन्त्रीको जवाफ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप