बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शाहरुख खानकी बहिनीको निधन, लामो समयदेखि क्यान्सरले थिइन् ग्रस्त

बुधबार, १५ माघ २०७६, ११ : ५४
बुधबार, १५ माघ २०७६

बलिउड नायक शाहरुख खानकी कजन बहिनीको निधन भएको छ । उनको कजन बहिनी नूर जहांको मंगलबार निधन भएको छ । नूर जहांका कान्छा भाइ मंसूरले यो खबर पुष्टि गरेका हुन् । नूर जहां लामो समयदेखि क्यान्सबाट लडिरहेकी थिइन् ।

जियो न्यूजसँग मंसूरले बहिनीको मृत्युको खबरको पुष्टि गर्दै नूर लामो समयदेखि क्यान्सरबाट पीडित भएको जानकारी दिए । स्मरण रहोस्, नूर शाहरुख खानको काकाकी छोरी हुन् । नूर जहाँ पाकिस्तानको पेशावरमा बस्ने गर्थिन् ।

सन् २०१८ मा आम निर्वाचनमा उनले चुनाव लड्ने घोषणा गरेपछि उनी चर्चामा आएकी थिइन् । पछि उनले आफ्नो नाम फिर्ता लिएकी थिइन् । यसबाहेक नूर जहांको कुनै जानकारी सार्वजनिक भएको छैन ।

यसअघि हेडलाइनमा सलमान खान हुन गएकोमा सच्चाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप