केन्द्रीय संस्करण

शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्यमा मनोनित

person explore access_timeमाघ १५, २०७६ chat_bubble_outline0

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांसद शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको गरेको छ ।

मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

तत्कालीन उपसभामुख रहेकी तुम्बाहाङफेले गत गत माघ ६ गते राजीनामा दिएकी थिइन् । तुम्बाहाङफे केन्द्रीय सदस्यमा मनोनित भएसँगै उनलाई आजबाट  सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने बाटो खुलेको छ ।

उनी तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन् ।  उपसभामुख बनेपछि पार्टीको सदस्यता त्यागेकी थिइन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.