शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

२१ महिनामा नेकपाको केन्द्रीय समिति बैठक बस्दै : कस्तो आउला ओली प्रचण्डको प्रतिवेदन ?

बुधबार, १५ माघ २०७६, १० : ०८
बुधबार, १५ माघ २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक बुधबार (आज) बाट सुरु हुँदैछ । बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्न लागेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले उद्घाटन मन्तव्य राख्दैछन् ।

२०७५ जेठ ३ मा पार्टी एकता घोषणापछि दोस्रो पटक बस्न लागेको नेकपाको केन्द्रीय समिति बैठकमा अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् ।

त्यस्तै महासचिव विष्णु पौडेलले सांगठानिक प्रतिवेदन पेस गर्नेछन् नेकपाको विधान अनुसार ६ महिनामा बस्नुपर्ने केन्द्रीय कमिटीको बैठकमा झण्डै २१ महिनामा बस्न लागेको हो ।

यो बैठकबाट गत पुसमा सम्पन्न स्थायी कमिटी बैठक तथा सचिवालयले गरेका निर्णयहरु पनि अनमुमोदन गर्ने नेकपाको तयारी छ ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकता घोषणा भएको थियो । यही बैठकले विधान संशोधन प्रस्ताव समेत अनुमोदन गर्नेछ । विधान संशोधन भएपछि नेता बामदेव गौतम उपाध्यक्ष बन्नेछन् । उनलाई नेकपा सचिवालयले उपाध्यक्षमा प्रस्ताव गरेको थियो ।

यसअघि केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न मंगलबार बसेको सचिवालय बैठकले सात वटा एजेण्डा तय गरेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सहिदहरुप्रति श्रद्धाञ्जली, अध्यक्ष केपी ओलीले बैठकको उद्घाटन र मन्तव्य राख्ने, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षद्वयको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गनेर्, महासचिव विष्णु पौडेलले साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने तथा  सातवटै प्रदेशका अध्यक्षहरुले सांगठनिक रिर्पोट प्रस्तुत गर्ने एजेण्डा तय भएका छन् ।

त्यस्तै समसामयिक प्रस्तावहरु (अहिलेका तत्कालीन विषयहरु) र विविध विषय समेत केन्द्रीय कमिटी बैठकका कार्यसुची तय गरेको छ । अध्यक्षद्धयका तर्फबाट यसअघि स्थायी समितिमा पेश भएर सदस्यहरुले राखेको सुझावलाई समेत समेटेर तयार पारिएको राजनीतिक प्रतिवेदन पेश गर्ने तयारी भएको बुझिएको छ । यसअघि अध्यक्षका तफृबाट पेश भएको प्रतिवेदनमा एमसीसी, सरकारका काम कारवाही तथा पार्टीमा बढेको अराजकताको विषय समावेश गरिएको थियो ।

लामो समयपछि बस्न लागेको केन्द्रीय समिति बैठकलाई नेकपाका नेता कार्यकर्ताले महत्त्वका साथ हेरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप