विश्वविद्यालयमा पनि भाग चाहियो भन्दै काँग्रेस बालुवाटारमा
सभामुख निर्वाचनमा प्रकट गरिएको सदाशयताबापत नेपाली काँग्रेस अहिले संवैधानिक अंग र विश्वविद्यालयका नियुक्तिहरुको भागबण्डामा सक्रिय भएको छ । भनिँदैछ, ‘निश्चित सङ्ख्या तोकेरै भाग लगाइयोस् ।’
सभामुख निर्वाचनको पूर्वसन्ध्यामा अर्थात् शनिबार बालुवाटारको छलफलका क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले त्रिविबाहेक ६ विश्वविद्यालयका उपकुलपति नियुक्ति ‘मिलेर गर्नुपर्छ’ भन्ने अडान राखे पनि नाम किटेका छैनन् । कहाँ के गर्न सकिन्छ गृहकार्य गरेर फेरि बस्ने सहमतिमा शनिबारको बसाईं टुङ्गिएको छ ।
सत्तारुढ नेकपाभित्र भएको सल्लाहअनुसार सामान्यतया ६ जना उपकूलपतिमा काँग्रेसलाई दुई दिने बारे अबको चलाइनेछ । तर, कुन विश्वविद्यालय भन्नेमा पहिला देउवाकै कुरा सुन्ने र निर्णयमा पुग्ने नेकपा स्रोतले जनाएको छ । अनुमान छ – देउवाले सुदूरपश्चिम विश्वविद्यालय नछाड्लान् ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने