पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव : तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना

नेपालमा अहिले पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । यसको कारण देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी र मध्य भू–भागहरुमा आंशिक बदलीको अवस्था रहेको देखिन्छ ।
बुधबार दिउँसो देशको पश्चिम तथा मध्य भू–भाग लगायत पूर्वी भेगका पहाडी क्षेत्रमा सामान्य वदली रही पूर्वी तराई भेगमा आंशिक वदली रहने छ । पश्चिमी र मध्य भू–भागका धेरै स्थानहरुमा र पूर्वी भेगका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।
बुधबार राती पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । पश्चिमी र मध्य भू–भागका अधिकांश स्थानहरु र पूर्वी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, बिहीबार दिउँसो देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पूर्वी र मध्य भू–भागका थोरै स्थानहरु र पश्चिमी भू–भागका १–२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । राति भने देशको पूर्वी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
शुक्रबार दिउँसो देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । रातिदेखि देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि अनलाइन मार्फत ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट प्रदान गरिँदै
-
धोनीको नामसँग जोडियो यो गजबको कीर्तिमान ! जितको श्रेय नुर अहमदलाई
-
सरकारी योजना बिक्रीबारे प्रदेश सभामा उठेको विषयले मधेस तरङ्गित
-
आन्दोलनरत शिक्षक अगुवाहरूसँग कांग्रेस महामन्त्रीद्वयको छलफल
-
‘सांसदहरूले कमिसनमा आफ्नो योजना बेचेका छन् भन्ने सुनेको छु’
-
‘सरकारले आफ्नो गल्ती ढाकाछोप गर्न सांसदमाथि आरोप लगाएको छ’