बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कम्पनी भारतमा, नेटवर्किङ नेपालमा

बुधबार, १५ माघ २०७६, ०६ : ५९
बुधबार, १५ माघ २०७६

नेपालमा नेटवर्किङ व्यवसाय प्रतिबन्धित भएसँगै विदेशमा नेटवर्किङ धन्दा चलाएका कम्पनीका प्रतिनिधिले नेपालमा बिनादर्ता यस्तो व्यवसाय सञ्चालन गर्दै आएको पाइएको छ । नेपालीलाई प्रतिनिधि बनाएर व्यवसाय सञ्चालन गर्दै आएका भारतीय कम्पनी नेपालमा सक्रिय रहनुले मुलुकमा गैरकानुनी रुपमा नेटवर्किङ व्यवसाय सञ्चालनमा रहेको खुलेको हो । यसबाट सर्वसाधारण ठगिने क्रम बढ्दो छ । 

जटिल प्रकृतिका रोग निको पार्ने भन्दै झापामा ‘डिकेन’ नामक संस्थाले नेटवर्किङ धन्दा चलाइरहेको छ । डिकेनको कम्पनी भारतको हैदरवादमा दर्ता रहेको नेटवर्किङमा संलग्न स्वयं बताउँछन् । डिकेनमा सक्रियहरुले हस्पिटलले समेत निको पार्न नसकेका रोग निको पार्ने भन्दै सर्वसाधारणलाई आफ्नो उत्पादन बिक्री गरिरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा मनिषा चम्लागाईँले लेखेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप