शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ कसुरमा बुढाथोकी कारागार चलान

मङ्गलबार, १४ माघ २०७६, १८ : ४८
मङ्गलबार, १४ माघ २०७६

काठमाडौं । बैंकिङ कसुरका फरार व्यक्तिलाई काठमाडौँबाट पक्राउ गरी आज कारागार चलान गरिएको छ । उच्च अदालत पाटनको आदेशले जरिवाना र कैद सजाय तोकिए पनि फरार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका–१ का राजेन्द्र बुढाथोकी आज कारागार चलान भएका हुन् ।  उच्च अदालत पाटनको गत असोज २८ गतेको फैसलाले उनलाई १५ दिन कैद र रु पाँच लाख जरिवाना हुने फैसला सुनाएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार काठमाडौँको गोलढुङ्गाबाट उनलाई पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतले आजै केन्द्रीय कारागार सुन्धारा पठाएको हो । 
उनले व्यवसायका लागि रकम आवश्यक प¥यो भनी रु पाँच लाख ऋण लिएर पैसा नभएको बैंकको चेक दिएको सीआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए । सोही आधारमा मधु बुढाथोकीको जाहेरीले उनीविरुद्ध बैंकिङ कसुरमा मुद्दा परेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप