नेपाल पर्यटन बोर्डको सीईओमा धनञ्जय रेग्मी
काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा धनञ्जय रेग्मी नियुक्त भएका छन् । बोर्ड सञ्चालक समितिको मंगलबार बसेको बैठकले रेग्मीलाई आगामी कार्यकालको सीईओमा नियुक्त गरेको हो ।
रेग्मीसँगै बोर्डका अध्यक्षका लागि दीपक बस्ताकोटी र हिक्मतसिंह ऐर सिफारिसमा परेका थिए ।
रेग्मीलाई नेपाल कम्युनिष्ट पार्टी निकट व्यक्ति मानिन्छ । पृथ्वीनारायण क्यम्पस पोखरामा हुँदा उनले अनेरास्ववियुसँग निकट रहेर काम गरेका थिए ।
जलवायु परिवर्तनमा विद्यावारिधि गरेका रेग्मी हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत भुगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्रोफेसर र नेपाल भुगोल समाजका अध्यक्षका रुपमा कार्यरत छन् ।
रेग्मी हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष पनि हुन् ।
नेपाल पर्यटन बोर्डको सञ्चालक समितिले ३३ दिनदेखि रिक्त सीईओ नियुक्त गर्न माघ १२ गते अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीलाई सदस्य सचिव तोकेको छ ।
निवर्तमान सीईओ दिपकराज जोशीको चार वर्षे कार्यकाल सकिएपछि सञ्चालक समितिले नयाँ प्रक्रिया थालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण