प्रदेश १ लाई अपाङ्गमैत्री प्रदेश बनाइने

मोरङ । प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा नवनिर्माण भएका भौतिक संरचना अपाङ्गमैत्री भएको बताएका छन् । अपाङ्ग रोकथाम तथा पुनःस्थापना कार्यक्रममा आज यहाँ उनले अपाङ्गमैत्री प्रदेश बनाउने अभियानमा सरकार लागेको जानकारी दिए ।
उनले अपाङ्ग भएका व्यक्तिको पुनःस्थापना गर्नाका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकारका लागि स्वस्थ र समुुन्नत प्रदेश निर्माण गरिने धारणा व्यक्त गरे । अपाङ्गता भएका व्यक्तिहरुलाई सक्षम र सबल बनाउने कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनले जानकारी दिए ।
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अपाङ्ग भएर जन्मनुुुपर्ने कारण र कमजोरी पत्ता लगाएर अपाङ्ग बालबालिका जन्म हुन नदिने प्रयासमा प्रदेश सरकार लागेको बताए । विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले प्रदेश सरकारले शुुरु गरेको यो अभियानमा महानगरपालिकाको सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
करुणा फाउन्डेसनका अध्यक्ष प्राडा भगवान कोइरालाले प्रदेश सरकारसँगको सहकार्यबाट अभियानले प्रदेशको ४९ प्रतिशत जनसङ्ख्यालाई प्रत्यक्ष तथा अप्रत्यक्ष फाइदा पुुग्ने बताए । सामाजिक विकास मन्त्रालय तथा स्थानीय तह र करुणा फाउन्डेसनको त्रिपक्षीय साझेदारीमा शुरु गरिएको अभियानअन्तर्गत पहिलो चरणमा १३७ पालिकामध्ये २६ पालिकामा यो अभियान लागू हुनेछ ।
पहिलो चरणमा मोरङ, सुुनसरी, धनकुुटा तथा पाँचथर जिल्लामा आगामी तीन वर्षसम्म सञ्चालन हुनेछ । सोही अवसरमा ह्विल चियरमा विश्वयात्रा गर्नुुहुुने ओखलढुुङ्गाका तेजबहादुुर कार्कीलाई रु ५१ हजारसहित सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वदलीय सहमतिमा संसदको विशेष अधिवेशन आह्वान गर्न मोर्चाको माग
-
देशविदेशका २८ जनालाई नइ पुरस्कार प्रदान
-
कांग्रेसका ७ भ्रातृ संस्थाले लत्त्याए पार्टीको निर्देशन
-
उद्योगीहरूसँग विद्युत महसुल विवादबारे हितेन्द्रले गरे छलफल
-
म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी फर्कियो नेपाली सेनाको चिकित्सकीय टोली, कतिको भयो उपचार ?
-
प्राधिकरणको बोर्ड बैठक : विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय