शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लाहोरमा ग्यास सिलिन्डर विस्फोट, १२ जनाको मृत्यु

मङ्गलबार, १४ माघ २०७६, १७ : ४२
मङ्गलबार, १४ माघ २०७६

एजेन्सी । पाकिस्तानको उत्तरपूर्वमा रहेको लाहोर सहरमा ग्यास विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका छन् । ‘लाहोरको शाहदरा क्षेत्रमा रहेको अत्तर (परफ्युम) कारखानामा विष्फोट भएको छ,’ पाकिस्तानी समाचार संस्था डनले उद्धारकर्मीलाई उद्धृत गरी लेखेको छ । 

डनले घटनामा ११ जनाको मृत्यु भएको र दुई जना घाइते भएको जनाएको छ । तर स्थानीय प्रहरी स्रोतले घटनामा १२ जनाको मृत्युभएको बताएको छ । विस्फोटका समय कारखानामा जम्मा १५ जना रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

कारखानामा ग्यास विस्फोटपछि घरको छाना खस्दा धेरै जनाको मृत्यु हुनपुगेको एक प्रत्यक्षदर्शीले बताए । Photo: pakistantoday.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप