प्रदेश १ का नवनिर्माण भएका भौतिक संरचना अपाङ्गमैत्रीः मुख्यमन्त्री राई
प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा नवनिर्माण भएका भौतिक संरचना अपाङ्गमैत्री भएको बताएका छन् ।
अपाङ्ग रोकथाम तथा पुनःस्थापना कार्यक्रममा आज उनले अपाङ्गमैत्री प्रदेश बनाउने अभियानमा सरकार लागेको जानकारी दिए ।
उनले अपाङ्ग भएका व्यक्तिको पुनःस्थापना गर्नाका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकारका लागि स्वस्थ र समुुन्नत प्रदेश निर्माण गरिने धारणा व्यक्त गरे । अपाङ्गता भएका व्यक्तिहरुलाई सक्षम र सबल बनाउने कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनले जानकारी दिए ।
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अपाङ्ग भएर जन्मनुुुपर्ने कारण र कमजोरी पत्ता लगाएर अपाङ्ग बालबालिका जन्म हुन नदिने प्रयासमा प्रदेश सरकार लागेको बताए । विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले प्रदेश सरकारले शुुरु गरेको यो अभियानमा महानगरपालिकाको सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
करुणा फाउन्डेसनका अध्यक्ष प्राडा भगवान कोइरालाले प्रदेश सरकारसँगको सहकार्यबाट अभियानले प्रदेशको ४९ प्रतिशत जनसङ्ख्यालाई प्रत्यक्ष तथा अप्रत्यक्ष फाइदा पुुग्ने बताए ।
सामाजिक विकास मन्त्रालय तथा स्थानीय तह र करुणा फाउन्डेसनको त्रिपक्षीय साझेदारीमा शुरु गरिएको अभियानअन्तर्गत पहिलो चरणमा १३७ पालिकामध्ये २६ पालिकामा यो अभियान लागू हुनेछ ।
पहिलो चरणमा मोरङ, सुुनसरी, धनकुुटा तथा पाँचथर जिल्लामा आगामी तीन वर्षसम्म सञ्चालन हुनेछ । सोही अवसरमा ह्विल चियरमा विश्वयात्रा गर्नुुहुुने ओखलढुुङ्गाका तेजबहादुुर कार्कीलाई रु ५१ हजारसहित सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन