शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

मङ्गलबार, १४ माघ २०७६, १७ : ०४
मङ्गलबार, १४ माघ २०७६

काठमाडौं । रुपन्देही र सुर्खेतमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । 

रुपन्देहीको रोहिणी गाउँपालिका-४ सुईलिहवास्थित सडकमा लु.१ ख ६७४५ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना.२ ख ८४८१ नम्बरको ट्रक र ना.५ ख ७८५६ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको   छ ।

 दुर्घटनामा गम्भीर घाइते भएका ना.२ ख ८४८१ नम्बरको ट्रकको चालक सुन्सरी चतरा बस्ने ३५ वर्षीय पूर्ण बहादुर भुजेल लगायत ३ जनाको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

यसैगरी सुर्खेतको विरेन्द्रनगर नगरपालिका-४ मसुरीखेत चोकस्थित सडकमा भे.१ ख २२४२ को नम्बरको टिपरले भे.६ प २१७८ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक कालिकोट महाबै गाउँपालिका-३ सिमखेत बस्ने २० वर्षीय केशर बहादुर सिंहको घटनास्थलमै मृत्यु भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप