शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आन्तरिक राजस्व कार्यालय भरतपुरका कम्प्युटर अधिकृत पक्राउ

मङ्गलबार, १४ माघ २०७६, १७ : ००
मङ्गलबार, १४ माघ २०७६

काठमाडौँ । चितवनको भरतुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारी घुस सहित पक्राउ परेका छन् । 

विद्युतिय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने प्रयोजनका लागि घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले उनलाई १० हजार घुससहित पक्राउ गरेको हो । 

उनलाई घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप