शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मिरा पिक हिमालको चुचुरोमा तीन पुस्तक विमोचन

मङ्गलबार, १४ माघ २०७६, १६ : २२
मङ्गलबार, १४ माघ २०७६

काठमाडौं । ६४७६ मिटर अग्लो मिरा पिक हिमालको चुचुरोमा तीन साहित्यिक कृति विमोचन गरिएको छ । गोम्बाछिरी शेर्पाले यी तीन पुस्तक हिमालको चुचुरोमा विमोचन गरेका हुन् ।

पुस्तकहरुमा राजेन्द्रप्रसाद अर्यालको नियात्रा कृति ‘माल्भा’ , सीता अर्यालको कथा संग्रह ‘उपहार आँसुको’ र दण्डपाणि अज्र्यालको स्मृति केन्द्रको बार्षिक प्रकाशन ‘ज्ञानबिन्दु’ रहेका छन् । 

सर्जकहरुको हौसला अभिबृद्धि गर्ने उद्देश्य राखेर तीन पुस्तक आफुले हिमालको चुचुरोमा विमोचन गरेको गोम्बाछिरी शेर्पाले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप