गायिका आस्था राउत रिहा
मङ्गलबार, १४ माघ २०७६, १५ : ५१

गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छिन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा मंगलबार राउत ४ हजार धरौटीमा रिहा भएकी हुन् ।
अभद्र व्यवहार सम्बन्धी मुद्दा खेपिरहेकी आस्थालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले धरौटीमा छाड्ने आदेश गरेका हुन् ।
आस्था राउतलाई ४ दिन हिसासतमा राख्ने आदेश हिजै मात्रै अधिकारीले दिएका थिए । तर उनको त्यो आदेशको व्यापक आलोचना र विरोध भएको थियो ।
गायिका राउतलाई अनुसन्धानका लागि भनी प्रहरीले ७ दिन हिसासतमा राख्ने माग गरेको भए पनि प्रमुख जिल्ला अधिकारीले ४ दिनको आदेश जारी गरेका थिए । तर प्रहरीले आज अनुसन्धान पूरा भएको जनाउँदै रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा बुझाएको थियो र सोही आधारमा आज जिल्ला प्रशासन कार्यालयमा गायिका राउतविरुद्ध अभियोगपत्र पनि दायर भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : लिभरपुल सजिलै जित्दा आर्सनलाई नटिङघमले रोक्यो
-
प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र युनाइटेड दुबै विजयी
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड