बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतका पूर्वोत्तर राज्यलाई ‘अलग्याउनु पर्ने’ मन्तव्य दिएका जेएनयु एक विद्यार्थीलाई देशद्रोहको मुद्दा, घरमा छापा

मङ्गलबार, १४ माघ २०७६, १५ : ३९
मङ्गलबार, १४ माघ २०७६

नागरिकता संशोधन कानुनविरुद्ध भएको प्रदर्शनमा भड्काउ भाषण दिएको आरोप लागेका जेएनयूमा पीएचडी गरिरहेका विद्यार्थी शरजील इमामविरुद्ध नयाँ दिल्ली, मणिपुर र अरुणाचलमा पनि प्रहरीले मुद्दा दर्ता गरेको छ । यस अघि नै उनी विरुद्ध असम र उत्तर प्रदेशमा मुद्दा दायर भइसकेको छ । 

मणिपुर प्रहरीले इमामविरुद्ध भारतीय दण्ड संहिता धारा १२१ ए(भारतविरुद्ध युद्ध घोषणा गर्ने षडयन्त्र), १२४–ए(राजद्रोह), १२० बी (आपराधिक षडयन्त्र) र १५३ अन्तर्गत मुद्दा दर्ता गरेको छ । 
धारा १५३ शान्तीसुरक्षामा खलल पु¥याउने उदेश्यदेखि विभिन्न धार्मिक समुदायबीच शत्रुता पैदा गर्नेसँग सम्बन्धित छ । 

यो सबै मुद्दा १६ जनवरी उत्तर प्रदेशको अलीगढ मुस्लिम विश्वविद्यालयमा शरगीलले दिएको भाषणविरुद्ध दर्ता गरिएको हो । 

मणिपुरका मुख्यमन्त्रीको सल्लाहकार रजत सेठीले ट्वीट गर्दै भने ,‘ पूर्वोत्तर राज्यलाई भारतबाट अलग गर्ने शरजील इमामको आपत्तिजनक भिडियोसम्बन्धमा मणिपुर प्रहरीले धारा १२१/१२१–ए/१२४–ए/१२०–बी/१५३ अन्तर्गत प्राथमिकी दर्ता गरेको छ ।’

प्रदेशका मुख्यमन्त्री एन.बीरेन सिंहले सठेको ट्वीट शेयर गरेका छन् । 

शरगीलको भडकाउ भनिएको भाषण समाजिक संजालमा भाइरद भए पछि उनी विरुद्ध देशद्रोहको मुद्दा लगाइएको छ । यी भिडियोमा शरगील इमाम नागरिकता कानून विधेयकविरुद्ध असममा भइरहेको विरोध प्रदर्शनलाई तीव्र बनाएर सडक जाम गर्न भन्छन् । यसो गरे मात्र सरकारले तिनको माग पुरा गर्ने शरजील धारणा राख्छन् । 

शरजील इमामको घरमा छापामारी

भडकाउ भाषण दिएको आरोप लागेका शरजील इममको विहारको जहानाबादस्थित पैतृक घरमा पनि प्रहरीले छापा मारेको छ । प्रहरी वरिष्ठ अधिकारले सोमबार यसको जानकारी दिए । 
जहानाबादका एसपी मनीष कुमारले काको थाना क्षेत्रमा घर भएका इमामको घरमा आइतबार राती छापा मारिएको बताए । 

मनीषका अनुसार जेएनयू शोधार्थीविरुद्ध दायर मुद्दाको जाँच गरिरहेको केन्द्रीय एजेन्सीहरुले सहयोग मागेपछि उक्त कदम उठाइएको हो ।  

एसपीले घरमा इमाम घरमा नभेटिए पनि उनका दुई नातेदारसँग सोधपुछ गरिएको बताए । 

आईआईटी मुम्बईमा कम्प्युटर विज्ञानमा स्नातक गरेर शरजील इमाम जवाहारलाल नेहरु विश्वविद्यालयको सेन्टर अफ हिस्टोरिकल स्टडिजबाट सोध गर्न दिल्ली आएका थिए । 

शरजीलका दिवंगत पिता अकबर इमाम जनता दल यूनाइटेडका स्थानीय नेता थिए जसले विगतमा विधानसभा चुनाव पनि लडेका थिए जसमा उनको पराजय भयो ।  

घटनामा टिप्पणी गर्दै शरजीलका आमा अफशान रहीमले मिडियासँग भनिन् ,‘मेरो छोरा निर्दोष छ । उसले एनआरसीले उत्पन्न गरेको अफ्ठ्यारोलाई ख्याल गर्दै सरकारमाथि दवाव हाल्न चक्काजामको कुरा गरेको होला । उ एक युवा हो, कुनै चोर वा पाकेटमार होइन । ’

बीबीसी हिन्दीसँग कुरा गर्दै शरजीलको काका अरशदले भने ,‘ उसले आफ्नो विचार व्यक्त गरेको हो । यो लोकतन्त्रमा सबैलाई आफ्नो धारणा राख्ने अधिकार छ । तर मिडिया भाजपाको बहकाउमा आएर उसका कुरालाई देशद्रोही देखाउन लागि परेको छ । जसले उनलाई देशद्रोही बनाइरहेका छन् तिनले उनको सम्पूर्ण भाषण सुनुन्, त्यहाँ उसले आन्दोलनको रणनीतिको कुरा गरिरहेको थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप