शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याजदर बढ्दा नेपाल बैंकको नाफा प्रभावित, अब नाफा नघट्ने

मङ्गलबार, १४ माघ २०७६, १५ : ३२
मङ्गलबार, १४ माघ २०७६

काठमाडौं । निक्षेपको ब्याजदर बढाउँदा नेपाल बैंकको नाफा प्रभावित भएको छ । नेपाल बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरणमा नेपाल बैंकको खुद नाफा १ अर्ब ३५ करोड रहेको देखिएको छ । यो अघिल्लो वर्षको भन्दा १८.६७ प्रतिशत कम हो । अघिल्लो वर्षको सोही समयमा यो नाफा १ अर्ब ६६ करोड रुपैंया थियो । 

ब्याजदर उच्च रुपमा बढे पनि बैंकको निक्षेपको आकार भने स्थिर छ । अघिल्लो वर्ष ११७ अर्ब २० करोड रहेको निक्षेप यो वर्ष ११७ अर्ब १२ करोडमा सीमित भएको छ । निक्षेप स्थिर रहे पनि बैंकको कर्जाको आकार भने ९२ अर्बबाट बढेर ९८ अर्ब पुगेको छ । 

कर्जाको आकार उल्लेख्य रुपमा बढेका कारण नेपाल बैंकको यो अवधिको ब्याज आम्दानीमा उल्लेख्य रुपमा बढेको छ । यो अवधिमा बैंकको कुल ब्याज आम्दानी ५ अर्ब ७४ करोड रुपैंया पुगेको छ । अघिल्लो वर्ष यो आकार ५ अर्ब रुपैंया मात्रै थियो । निक्षेपको आकार नबढे पनि ब्याज खर्च १ अर्ब ८३ करोडबाट बढेर २ अर्ब ९९ करोड पुगेको पुगेको छ, यो नै बैंको नाफा गिरावटको प्रमुख कारण हो । 

बैंकको पुँजीकोष अनुपात १७.४१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात २.६६ प्रतिशत, कस्ट अफ फण्ड ५.१९ प्रतिशत, आधार ब्याजदर ७.८२ प्रतिशत र ब्याजदर अन्तर ४.४४ प्रतिशत छ । बैंकले आधार ब्याजदरलाई १ वर्षको अवधिमै सीमा नजिक ल्याएका कारण अब नाफा घटाउनुपर्ने बाध्यता बैंकलाई छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप