शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर ५ : विपक्षी दलका नेता पोखरेलको सम्झना

मङ्गलबार, १४ माघ २०७६, १५ : २३
मङ्गलबार, १४ माघ २०७६

बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाली कांग्रेस प्रदेश नम्बर ५ का विपक्षी दलका नेता बलदेब शर्मा पोखरेलको निधनबाट प्रदेशलाई अपूरणीय क्षति पुगेको बताएका छन् । 

कांग्रेस संसदीय समितिले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै उनले प्रदेशलाई स्थापित गर्ने योद्धा गुमाउँदा पिडाबोध भएको  बताए । मुख्यमन्त्री पोखरेलले शर्माको अभावमा नेपाली कांग्रेसले उनले देखेको सपना पूरा गर्नुपर्ने बताए । 

श्रद्धाञ्जली सभामा बोल्दै सभामुख पूर्ण बहादुर घर्तीले सादगी जीवन जिउने, लाभको पद नसोच्ने स्वभाव भएका शर्माको वीवनलाइ सबैले अनुसरण गर्नुपर्ने बताए । उनले संसदमा शर्माले खेलेको भूमिकाको उच्च कदर गरिने पनि बताए ।

त्यस्तै नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले पोखरेलले बाटो नबिराई हिँड्ने पाठ सिकाएको समेत बताए । नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले पोखरेलको निधनले संसदमा अभिभाकत्व गुमाएको बताइन् । 

श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका सांसद रमा अर्याल, बैजनाथ कलवार, समाजवादी फोरमका सहर्षराम यादव, राजपा सांसद कल्पना पाण्डे लम्साल लगायतले शर्माकाे योगदान र व्यक्तित्वबारे चर्चा गरेका थिए ।

गत माघ ५ गते ८२ वर्षको उमेरमा पोखरेलको निधन भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप