‘आमा ठूलो कि बच्चा ठूलो’ भन्दै बाबुरामले उठाए मर्यादाक्रममाथि प्रश्न
काठमाडौँ । प्रतिनिधिसभा सांसद तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सभामुखको मर्यादाक्रम तल पारिएको भन्दै प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभा जनताको नीति निर्माणको उच्चतम थलो भएपनि कार्यकारी प्रधानमन्त्रीमात्रै नभइ कार्यपालिकाले बनाएको नीति निर्माणको व्याख्या गर्ने थलोका प्रमुखको समेत मर्यादाक्रम सभामुखको भन्दा माथि राखिएको भन्दै असन्तुष्टि जनाए ।
‘मर्यादाक्रममा राज्यको प्रमुख राष्ट्रपति र उपराष्ट्रपतिमाथि हुनुै पर्यो । त्यसपछिको मर्यादाक्रममा हुनुपर्ने जनप्रतिनिसभाको सभामुख हो’ मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले भने, ‘सबै नीतिहरुको लोकतान्त्रिक अभ्यासको उद्गम थलो प्रतनिधिसभा हो । तर दुर्भाग्यबस हामीले अर्काको नक्कल गरेर अरुलाई माथि राख्यौँ ।’
उनले आमा भन्दा बच्चा ठूलो हुन नसक्ने भन्दै अझ कार्यपालिकाले बनाएको नीति निर्माणका व्याख्या गर्ने न्यायपालिकाका प्रमुख प्रधानन्यायाधीशको समेत बरियता माथि राखिनु अशोभनीय भएको बताए ।
‘कार्यकारीणी व्यवस्थापिकाबाट जन्माउने भएकाले आमा ठूलो कि बच्चा ठूलो ? त्यतिमात्र होइन हामीले जानेर नजानेर न्यापालिकाका प्रमुखलाई समेत व्यवस्थापिका भन्दा माथि राख्यौँ । यसबाट सायद हामीले लोकतन्त्रका गरिमालाई अवमूल्य गरिराखेका छौँ । यो विषयमा ध्यान पुगोस् ।’ यो विषय सामान्य लागेपनि सांकेतिक रुपमा निकै महत्वपूर्ण रहेको पनि बताए ।
सभामुख पदमा चयन भएकोमा अग्नि सापकोटालाई समाजवादी पार्टी र आफ्नो तर्फबाट बधाइ तथा शुभकामना व्यक्त गर्दै भट्टराईले संसदीय गरिमालाई उच्च राख्न पनि सुझाए ।
‘सदन विश्वमा लोकतान्त्रिक अभ्यासको सबैभन्दा उन्नत धरातलमा उभिएर गठन भएको हुनाले यसका क्रियाकलाप र गतिविधिहरु अलि विशिष्ठ प्रतिकृतिका होउन्, र त्यो गराउनका लागि यस सदनको नेताको नाताले यहाँको भूमिका महत्त्वपूर्ण हन्छ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी