आगामी चैतभित्र प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ नियन्त्रण हुने
![आगामी चैतभित्र प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ नियन्त्रण हुने](https://rpcdn.ratopati.com/media/albums/gutkha-surtijanya-padartha_bZbnzkrYx2.jpg)
मोरङ । प्रदेश नं १ मा सुर्तीजन्य पदार्थलाई पूर्णरुपमा नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले अभियान शुरुआत गरेको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘ब्यानर वाचन’ गरी अभियानको शुभारम्भ गरे । ‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’ प्रमुख नाराका साथ शुरु भएको सो अभियान अन्तर्गत आगामी चैत मसान्तभित्र प्रदेशमा सुर्तीजन्य पदार्थ पूर्णरुपमा नियन्त्रण गर्ने मन्त्रालयले जनाएको छ ।
सरकारी कार्यालयको १०० मिटरमा सो पदार्थ बिक्री वितरण गर्न निषेध गरिएको र यही माघ महिनाभित्रमा विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने शैक्षिक संस्था, अस्पताल र सार्वजनिक स्थानमा नियम लागू गरिसक्ने महानगरपालिका प्रमुख भीम पराजुलीले जानकारी दिए ।‘ सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने ऐन २०६८’का प्रावधान कार्यान्वयनमा ल्याइएको छ ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले सुर्तीजन्य पदार्थ सेवनले मानिसलाई लाभभन्दा पनि हानि बढी गर्ने भएकाले यसतर्फ सेवनकर्ता चनाखो हुनुपर्ने बताए । अभियानले प्रदेश नं १ का सबै मन्त्रालयमा सुर्तीजन्य पदार्थविरुद्धको ब्यानर टास्ने काम सम्पन्न गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबारमार्ग क्षेत्रको फुटपाथमा ग्रेनाइट लगाउँदै महानगर (तस्बिरहरू)
-
टीकापुरमा ‘भ्यालेन्टाइन–डे’का दिन गुलाफका १० हजार बिरुवा रोपिने
-
पुँजी वृद्धि प्रस्तावसहित एनआईशी एशिया बैंकको साधारणसभा आह्वान
-
डेनमार्क बन्यो विश्वकै कम भ्रष्टाचार हुने देश (सूचीसहित)
-
सुडान बन्यो विश्वकै भ्रष्टाचार हुने देश, नेपाल १०७ औँ स्थानमा
-
माओवादीको प्राथमिकतामा परेन एकता वार्ता समिति