शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लिगमा सरस्वतीको पहिलो जित

मङ्गलबार, १४ माघ २०७६, १४ : ३७
मङ्गलबार, १४ माघ २०७६

काठमाडौं । सरस्वती युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।

 सातदोवाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा सरस्वतीले हिमालयन शेर्पा क्लबलाई ४–३ गोलले हरायो । सरस्वतीको जितमा काजिम बुसारीले पाँचौं र ८३औं मिनेटमा दुई गोल गरे ।

 विनोद केसीले ३५औं र मनिष थापाले ८८औं मिनेटमा एक एक गोल गरेका थिए । शेर्पाका आशिष गुरुङले १०औं, विजय श्रेष्ठले ४५औं र रबि थापामगरले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

 सरस्वतीमा काजिम म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । पहिलो जितसँगै सरस्वतीले नौ खेलबाट चार अंक बनाएको छ । सरस्वती अझै अन्तिममा स्थानमा छ । समान खेलबाट सात अंक बनाएको शेर्पा १२औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप