बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महेन्द्र रायले भने, ‘राजपाले उपसभामुख मागेको छैन, दिने कुरा भए छलफल गर्छौँ’

मङ्गलबार, १४ माघ २०७६, १४ : ३४
मङ्गलबार, १४ माघ २०७६

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका संयोजक एवं सांसद महेन्द्रराय यादवले आफूहरुको माग र मुद्दा सम्बोधन भएमात्र सरकारलाई समर्थन गर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा मंगलवार सम्बोधन गर्दै उनले वितगमा आफूहरुले सरकारलाई सहयोग गरेपनि सम्झौता कार्यान्वयन नगरेको धारणा राखे ।

उनले भने, हामीले सरकारलाई सबै अप्ठ्यारोमा सहयोग गर्न तयार छौ तर त्यसअघि हाम्रो मागहरु पुरा हुनुपर्छ ।’ विगतमा एमालेका कारण संविधान संशोधन नभएको बताउँदै उनले अहिले एमाले र माओवादी केन्द्र एउटै पार्टी भएको र त्यसबाट संशोधन हुने अपेक्षा आफूले लिएको बताए ।

समाजवादी पार्टीले दुई बुँदे सम्झौता गरी सरकारमा सहभागी भएको तर १८ महिना वित्दा समेत सरकारले कुनै वास्ता नगरेको गुनासो गरे । आफूहरुले पनि एक वर्षसम्म सरकारलाई समर्थन दिएको तर रेशम चौधरीको रिहा तथा संविधान संशोधन नगरेको कारण आफूहरुले समर्थन फिर्ता लिएको बताउँदै उनले अहिले पनि माग पुरा गर्यो भने समर्थन गर्न तयार रहेको धारणा राखे ।

उनले एउटा पार्टीलाई सरकारबाट बाहिर गर्ने र अर्कोलाई सरकारमा लिने काम सरकारले गर्न नहुने बताउँदै आफूहरुले उपसभामुखका विषयमा नेकपासँग कुनै कुरा नभएको तर बाहिर बाहिर धेरै कुरा आएको टिप्पणी गरे । उनले राजपा नेपालको लागी सत्ता प्राथमिकता नभएको बताउँदै राजनीतिक मुद्दा प्राथमिकतामा रहेको टिप्पणी गरे ।

नेकपाले आफैंले उपसभामुख दिन चाह्यो भने त्यसको बारेमा पार्टीमा छलफल गर्ने धारणा  समेत उनल राखे । उनले उखु किसानको बक्यौता रकम नदिएको विषय पनि उठाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप