रेखाले भनिन्: ‘आस्था राउतको अपराध नियोजित होइन भूल हो’
मङ्गलबार, १४ माघ २०७६, १४ : २७

काठमाडौं । सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी गायिका आस्था राउतलाई अभिनेत्री रेखा थापाले भेटेकी छन् । स्वास्थ्यमा समस्या आएपछि सोमबार साँझ त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको आस्थालाई रेखाले त्यही भेटेकी हुन् ।
भेटमा आस्थाले आफुबाट गल्ती भएको र गल्तीबाट पाठ सिकेका बताएको रेखाले बताइन् । रेखाले आस्थासँगको भेटको एक तस्बिर सामाजिक सञ्जालमार्फत शेयर गरेकी छन् । तस्बिरका साथ उनले एक लामो स्टाटस् लेख्दै आस्थाको यो अपराध नियोजित अपराध नभएर भुल भएको बताएकी छन् ।
रेखाले आस्थाको यो भुललाई कयांैको जीवनको घटनाको रुपमा लिनुपर्ने बताउँदै बिषयलाई कानूनी र प्रशासनिक विषय मात्र नबनाउन समेत आग्रह गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुकुटीमण्डपमा नेपाल दन्त सामग्री र नेपाल अप्टीकल एक्स्पो सम्मेलन सुरू (तस्बिरहरु)
-
संघीय निजामती विधेयकको प्रतिवेदनमाथि छलफल सुरु
-
शिक्षा ऐन जारी गराउन क्रान्तिकारीद्वारा संघर्षको कार्यक्रम घोषणा
-
राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सुरु
-
शिक्षकको मागप्रति सरकार गैरजिम्मेवार बन्दै गएको छ : पुष्पराज कुँवर (भिडियो कुराकानी)
-
कक्षा १२ को परीक्षा स्थगित भएको हल्ला फैलिएपछि...