शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रेखाले भनिन्: ‘आस्था राउतको अपराध नियोजित होइन भूल हो’

मङ्गलबार, १४ माघ २०७६, १४ : २७
मङ्गलबार, १४ माघ २०७६

काठमाडौं । सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी गायिका आस्था राउतलाई अभिनेत्री रेखा थापाले भेटेकी छन् । स्वास्थ्यमा समस्या आएपछि सोमबार साँझ  त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको आस्थालाई रेखाले त्यही भेटेकी हुन् ।

भेटमा आस्थाले आफुबाट गल्ती भएको र गल्तीबाट पाठ सिकेका बताएको रेखाले बताइन् । रेखाले आस्थासँगको भेटको एक तस्बिर सामाजिक सञ्जालमार्फत शेयर गरेकी छन् ।  तस्बिरका साथ उनले एक लामो स्टाटस् लेख्दै आस्थाको यो अपराध नियोजित अपराध नभएर भुल भएको बताएकी छन् । 

रेखाले आस्थाको यो भुललाई कयांैको जीवनको घटनाको रुपमा लिनुपर्ने बताउँदै बिषयलाई कानूनी र प्रशासनिक विषय मात्र नबनाउन समेत आग्रह गरेकी छन् ।


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप