शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साझा प्रकाशनको महाप्रबन्धक पदमा गौतम नियुक्त

मङ्गलबार, १४ माघ २०७६, १२ : ४८
मङ्गलबार, १४ माघ २०७६

साझा प्रकाशनको महाप्रबन्धक पदमा होमप्रसाद गौतम नियुक्त भएका छन् ।  

साझा प्रकाशन सञ्चालक समितिको  माघ ११ को निर्णयानुसार गौतम महाप्रबन्धक पदमा नियुक्त भएका हुन् । 

यसअघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण तथा मन्त्रालयका उपसचिव ऋषिराम पंगेनीले महाप्रबन्धकको समेत जिम्मेवारी वहन गरेका थिए  । 

राजनीति तथा समाजसेवामा विगत ४ दशकदेखि अनवरत लागेका  झापा जिल्ला शिवसताक्षी–२ निवासी गौतमले झापा जिल्लाका विभिन्न स्थानीय नेतृत्वमा रही जिम्मेवारी पूरा गरेका थिए। विगत केही वर्षदेखि अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको साझा प्रकाशन गौतमको नेतृत्वमा सबल र सक्षम हुने विश्वास लिइएको प्रशासन विभागका प्रमुख भेषराज घिमिरेले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप