सुनजस्तो देखिने पहेँलो धातुसहित ६ जना पक्राउ
रसुवा । सुन जस्तो देखिने पहेंलो धातु करिब २ केजी ५ सय ग्रामसहित दोलखा तामाकोशी गाउँपालिका–५ बस्ने २३ वर्षीय तुलनारायण श्रेष्ठ समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गोसाईकुण्ड गाउँपालिका–२ घट्टेखोलास्थित सीमा प्रहरी चौकी टिमुरेबाट खटिएको प्रहरीले रसुवागढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ३५४२ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा उक्त धातु फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यता, दाङको दंगिशरण गाउँपालिका–१ बस्ने २४ वर्षीय चेत बहादुर पुन र सोही ठाउँ बस्ने २४ वर्षीय सौगात घर्तीलाई चितुवाको छाला १ थानसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कमा उनीहरूको झोला तलासी गर्दा झोलाभित्र लुकाई राखेको उक्त चितुवाको छाला फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पहिले ...देश छोड भन्थ्यौँ, अब आफैँले छोड्नुपर्ने बेला आयो’
-
लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार
-
इजरायलले अर्को गल्ती गरे कठोर जवाफ दिनेछौँ: इरान
-
नेपालगञ्जमा हनुमान जन्मोत्सव महोत्सव सम्पन्न
-
कतारी अमिरलाई स्वागत गर्न काठमाडौँ तयार, तस्बिरहरू
-
लगानी बोर्डद्वारा ह्वासिन सिमेन्टको लागि ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत