बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एउटा फिल्मका लागि अक्षय कुमारले मागे १ अर्ब २० करोड पारिश्रमिक ? यस्तो छ वास्तविकता

मङ्गलबार, १४ माघ २०७६, ११ : ५८
मङ्गलबार, १४ माघ २०७६

फिल्म गुड न्यूज हिट भएपछि अक्षय कुमार आफ्नो अर्को प्रोजेक्टमा व्यस्त छन् । अक्षयका प्रशंसकका लागि सन् २०२० निकै विशेष हुने भएको छ किनभने उनका थुप्रै फिल्म यो वर्ष रिलिज हुनेछ । लगातार हिट भएपछि अक्षय कुमारले आफ्नो पारिश्रमिक बढाएको र आनन्द एल रायसँग उनको अर्को फिल्मका लागि १ सय २० करोड भारु माग गरेको विभिन्न खबर सार्वजनिक भएका छन् ।  

हालै सार्वजनिक भएको एक रिपोर्ट अनुसार यो खबर पूर्ण रुपमा गलत हो । अक्षय कुमारका निजि स्रोतलाई उद्धृत गर्दै  डेक्कन क्रोनिकलले लेखेको छ, ‘फिल्मबारे छलफल भइरहेको छ । पारिश्रमिकबारे अहिलेसम्म केही सम्झौता भएको छैन । अर्को कुरा अक्षय कुमार आफ्नो पारिश्रमिक पहिले नै लिँदैनन् । उनी फिल्मको समग्र बक्स अफिस नाफाको हिस्सा लिन्छन् । अक्षय ती सबै फिल्मका निर्माता हुन् जसमा उनी अभिनय गर्छन्, यस्तो अवस्थामा पारिश्रमिकको कुरा कहाँबाट आयो ?’

अक्षय कुमारका नजिकका साथीलाई उद्धृत गर्दै स्रोतले भनेको छ, ‘कुनै स्टारको बजारको भाउ बढाउनका लागि यो मात्र एउटा अफवाह हो । अक्षय कुमार हिन्दी सिनेमाका सुपरस्टार हुन्, यसमा कुनै शंका छैन । सन् २०१९ मा उनले चार सुपरहिट फिल्म दिएका छन् । त्यसकारण उनको पारिश्रमिक थाहा पाउनेहरु त्यति बिघ्न चकित हुनुपर्ने कुरा छैन । वास्तविकता यो हो कि भारतमा अहिलेसम्म कुनै पनि कलाकारले यति धेरै रकम पाएका छैनन् त्यसकारण सबैजना चकित परेका छन् ।’

अक्षयको यो नयाँ फिल्ममा सारा अली खानको अभिनय रहने खबर छ । फिल्ममा धनुष पनि समावेश हुनसक्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप