आकाशमा किन बिजुली चम्कन्छ र बादल गर्जन्छ ?

हेर्दा कपास जस्तै दृखिने बादल बास्तवमा पानीको बाफले बनेको हुन्छ । नदी, ताल, समुद्र भिजेको जमीन आदिबाट बाफ भएर आकाशमाथि पुग्दा पानीका कणहरु एक आपसमा आकर्षित भई नजिकिँदै बादलको सृजना भएको हुन्छ ।
माथि आकाशमा धेरै हावा चल्ने गर्दछ यसले गर्दा बादल यताउति बेगले जाने गर्दछ र हावासंग घस्रिन पुग्दछ । हावासंगको रगडाइबाट बादलले विद्युतीय चार्ज वा शक्ति प्राप्त गर्दछ । कुनै बादलले धनात्मक (+) चार्जहरु (Positive Charges) प्राप्त गर्दछ भने कुनैले ऋणात्मक (–) चार्जहरु (Negative Charges)प्राप्त गर्दछ । धनात्मक चार्जका बादलहरु माथि माथि र ऋणात्मक चार्जका बादलहरु तल तल बहिरहेका हुन्छन् ।
विपरित चार्जहरु सधैं एक आपसमा नजिकिन खोज्दछन् । फेरि धेरै बढी चार्जहरु भइसकेपछि अझ झन नजिकिन खोज्दै माथिका धनात्मक चार्जका बादलहरु तलका ऋणात्मक चार्जका बादलहरुतर्फ नजिक आइपुग्छन् । भिन्न चार्जका बादलहरु धेरै नजिक पुगिसकेपछि एकैचोटी अपार ऋणात्मक चार्जहरु धनातमक चार्जहरुसंग मिली दुबै चार्जविहीन हुन खोज्दछन् । यतिबेला त्हाँ ठूलो शक्ति बाहिर निस्कन्छ, जुन आगोको झिल्काको रुपमा देखापर्दछ । यसलाई हामी बिजुली चम्केको भन्छौ ।
बिजुली चम्कँदा ठूलो मात्रामा आगो निस्कने भएकोले त्यहाँको हावा एक्कासी तात्दछ र त्यो एकैचोटी तुरुन्तै बेगले फैलन्छ । यसले गर्दा ठुलो आवाज निसक्न्छ । यसलाई हामी बादल गर्जेको भन्दछौं ।