शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाक्लो कुहिरोको कारण तीनवटा ट्रक एकापसमा ठोक्किँदा ३ को मृत्यु, २ गम्भीर घाइते

मङ्गलबार, १४ माघ २०७६, ११ : ४५
मङ्गलबार, १४ माघ २०७६

बुटवल : रुपन्देहीमा आज भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । भने २ जना गम्भीर घाइते भएका छन् । 

भैरहवा–भुमही सडक खण्डअन्र्तगत रुपन्देहीको रोहिणी गाँउपालिका–४ मा ३ वटा ट्रक एकापसमा ठोक्किँदा ३ जनाको  ज्यान गएको प्रहरीले जनाएको छ । जसमा २ जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।

भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक, परासीबाट भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र ना ५ ख ७८५६ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको टाफ्रिक प्रहरी कार्यालय बुटवल एस पी मघुसुदन लुईटेलले रातोपाटीलाई बताए ।

दुर्घटनामा मृत्यु नवलपरासीको पालीनन्दन गाउँपालिका अन्दाजी ३० बर्षिय लालु कुर्मि, सोही ठाउँमा अन्दाजी ३० बर्षका मोभीकन कुर्मी  र सुनसरीको चतेराबस्ने अन्दाजी ३५ बर्षिय पुर्ण बहादुर भुजेल रहेका  छन् । ट्रकमा १३ जना सवार थिए ।

घाइतेहरुलाई उपचारका लागि भैरहवामा रहेको भिम अस्पताल र युनिभर्सल मेडिकल कलेज पठाइएको छ । सडकमा कुहिरो लागेका कारण ती ट्रकहरु आपसमा ठोक्किएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप