चीनमा कोरोना भाइरसले ज्यान गुमाउनेको सङ्ख्या १ सय नाघ्यो

कोरोनाभाइरसको महामारीबाट चीनमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार १ सय ६ पुगेको छ । गत वर्षको अन्त्यमा हुबेई प्रान्तमा देखिएको कोरोनाभाइरस फैलिने क्रम जारी रहेको छ । यस भाइरसबाट संक्रमित १३ सय नयाँ बिरामी फेला परेको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।
हुबेईमा रहेको स्वास्थ्य आयोगले हुबेईमा थप २४ जनाको मृत्यु भएको जानकारी दिँदै थप १२ सय ९१ जनामा यसको संक्रमण देखिएको जानकारी दिएको छ । योसँगै देशभर यस भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ४ हजार बढीमा पुगेको छ ।
चिनियाँ सरकारले हुबेईका सहरहरुलाई नै ‘सील’ गरेर भाइरसको उपचार गर्ने प्रयास गरिरहेको छ । यसले गर्दा ५ करोड जनता बाहिरी विश्वको सम्पर्कबाट टाढा रहेका छन् ।
संक्रमणको केन्द्र मानिएको उहानमा रहेको अमेरिकी कन्सुलेटबाट अमेरिकाले आफ्ना अधिकारीहरुलाई देशबाट फिर्ता लाने तयारी गरेको छ । जापान, मङ्गोलिया र फ्रान्स लगायत अन्य देशका सरकारले पनि आफ्ना कुटनीतिक नियोगका अधिकारीहरुलाई देशबाट निकाल्ने तयारी गरेको छ ।
त्यस्तै, चीनले नयाँ वर्षको छुट्टी आइतबारसम्मलाई थप गरेको छ । त्यस्तै, देशभर स्कुल र विश्वविद्यालयको सेमेस्टरको सुरुवातमा ढिलाई गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित