बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निर्भयाका चारैजना दोषीको डमीलाई जेलभित्र फाँसीको दोस्रो रिहर्सल

मङ्गलबार, १४ माघ २०७६, ०८ : ५३
मङ्गलबार, १४ माघ २०७६

निर्भया बलात्कार तथा हत्याका चारैजना दोषीको डमीलाई सोमबार दोस्रो पटक फाँसी दिइएको छ । तिहाड जेलका अधिकारीले डमीलाई फाँसी दिने प्रक्रिया पूरा गरे । यो प्रक्रिया दोषीलाई फाँसी दिनु अघिको रिहर्सल मानिन्छ । यसअघि जनवरी १२ मा चारै दोषीका डमीलाई फाँसी दिइएको थियो । यी चारैजना दोषीको डमी उनीहरुको तौलको हिसाबले तयार गरियो । दिल्ली अदालतले चारै दोषीको डेथ वारेन्ट जारी गरेर उनीहरुलाई फेब्रुअरी १ तारिखमा  बिहान ६ बजे फाँसी दिने आदेश दिएको छ ।

 यसअघि १२ जनवरीमा हरेक दोषीको तौल बराबर ढुङ्गालगायतका सामग्रीबाट डमी बनाइएको थियो । त्यतिबेला डमीलाई फाँसी दिनका लागि जल्लाद बोलाइएको थिएन र जेल अधिकारीले नै यो प्रक्रिया पूरा गरेका थिए । त्यतिबेला अदालतले निर्भयाका चारै आरोपी अक्षय ठाकुर (३१), पवन गुप्ता (२५), मुकेश सिंह (३२) र विनय शर्मा (२६) विरुद्ध डेथ वारेन्ट जारी गरेर उनीहरुलाई जनवरी २२ तारिखमा फाँसी दिने आदेश दिएको थियो । त्यसपछि कानूनी प्रक्रियाका कारण पुनः डेथ वारेन्ट जारी भयो र अदालतले चारैजना दोषीलाई फेब्रुअरी १ तारिख बिहान ६ बजे फाँसी दिने आदेश दिएको छ । यी चारैजनालाई जेल नम्बर ३ मा फाँसी दिइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप