शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कालापत्थरमा फेसन शो गर्दै विश्वकीर्तिमान

मङ्गलबार, १४ माघ २०७६, ०८ : २९
मङ्गलबार, १४ माघ २०७६

काठमाडौँ । द माउन्ट एभरेस्ट फेसन रनवेले जमिनको सबैभन्दा अग्लो स्थानमा फेसन शो गर्दै विश्व किर्तिमान कायम गरेको छ । आइतबार कालापत्थरमा फेसन शोको आयोजना गर्दै गर्दै विश्व कीर्तिमान कायम गरिएको आयोजक संस्थाले जानकारी दिएको हो ।

फेसन शोमा नेपालका ८ जना, इटालीका ५ जना र फिनल्याण्ड, श्रीलङ्का र सिंगापुरबाट एक–एक जना मोडलले सहभागिता जनाएका थिए । विश्वकै अग्लो स्थानमा फेसन शो गरेर जलवायु परिवर्तनबारे सचेतना फैलाउने उद्देश्य लिइएको आयोजकले जनाएको छ ।

फेसन शोका लागि ४८ जनाको टोलीले गत जनवरी १८ मा लुक्लाबाट कालापत्थरसम्म पदयात्रा गरेको थियो । टोलीमा मोडलबाहेक भिडियो टोलीका सदस्य, मेकअप आर्टिस्ट, डाक्टर, डिजाइनर र आयोजक सदस्य समावेश थिए ।

फेसन शोमा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, पर्यटन बोर्डका निमित्त कार्यकारी अध्यक्ष नन्दिनी लाहे थापा, भिजिट नेपाल २०२० बाट विश्वम्बर घिमिरे, यङ ग्लोबल लिडर अश्मी राना, आरबी डायमन्डका अध्यक्ष रमेश महर्जन र गिनिज वर्ल्ड रेकर्डका अधिकारी उपस्थित थिए ।

कार्यक्रममा कासाबाट प्राकृतिक र अर्ग्यानिक नेपाली उत्पादन प्रयोग गरिएको थियो पस्मिना र याकको ऊन प्रयोग गरेर कपडाहरु तयार गरिएको थियो । त्यस्तै, आरबी डाइमन्डले विशेष गरेर काइनाइट पत्थरबाट बनेका नेपालको कालसंस्कृति र प्राकृतिक सुन्दरता झल्कने आभुषणहरु तयार गरेको थियो । विश्वकै उत्कृष्ट काइनाइट पत्थर नेपालमा पाइन्छ ।

टोली ३० जनवरीमा काठमाडौँ आइपुग्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप