शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाका कारण मृत्यु हुनेको संख्या ८२ पुग्यो, ३ हजार संक्रमित भएको पुष्टि

मङ्गलबार, १४ माघ २०७६, ०७ : ४६
मङ्गलबार, १४ माघ २०७६

चीनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । यसका साथै तीन हजार व्यक्ति यसबाट संक्रमित भएको पुष्टि भएको छ ।

चीनले नयाँ वर्षमा दिइएको बिदा पुनः तीन दिन थपेको छ । सार्वजनिक बिदा आइतबारसम्म लागू हुनेछ ।

हुबेईमा मृत्यु हुनेको संख्या ५६ बाट ७६ मा पुगेको छ । साथै, विभिन्न स्थान गरी  ६ जनाको मृत्यु भएको छ । बुहान र त्यस आसपास शहरका स्थानीयलाई कतै निस्कन प्रतिबन्ध लगाइएको छ ।

चीन बाहेक अन्य देशमा ४४ जना संक्रमित भएको पुष्टि भएको छ यसमा नेपाल, भारत, जर्मनी, अमेरिका, अष्ट्रेलियालगायतका देश समावेश छन् ।

यद्यपि, चीन बाहिर कोरोना भाइरसका कारण कसैको पनि  मृत्यु भने भएको छैन ।

सोमबार बेइजिङका अधिकारीले ५० वर्षे पुरुषको मृत्यु भएको पुष्टि गरेका छन् ।

साङ्घाइमा सरकारले फेब्रुअरी १० सम्म कसैलाई पनि काममा नफर्कन आदेश दिएको छ । उक्त प्रतिबन्ध मेडिकल संस्था, मेडिकल आपूर्तिकता र सुपरमार्केटबाहेक सबैमा लागू गरिएको छ ।

चीनमा कोरोनाभाइरसको स्थितीः

८२ जनाको मृत्यु

२,८२७ संक्रमित पुष्टि

५, ७९४ आशंका

४६१ गम्भीर अवस्थामा

५१ जना निको भएर अस्पतालबाट डिस्चार्ज    

कोरोनाभाइरसको डरले अमेरिकाको सबै सर्जिकल मास्क सिद्धिए

अमेरिकामा कोरोनाभाइरस पुष्टि भएको केही घण्टापछि सिएटलका फार्मेसीका सबै सर्जिकल मास्क विक्री भएको छ ।

न्यूयोर्कका फार्मेसीमा मास्कको बढ्दो मागलाई सम्बोधन गर्न लस एन्जलसमा भण्डार गरेर राखिएका मास्क संकलन गरिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

अमेरिकामा पाँचजनामाथि कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि पछिल्लो एक हप्तामा वासिङ्टन डिसीका सबै मास्क विक्रि भइसकेका छन् ।

‘अमेरिकामा कोरोनाभाइरसको पहिलो बिरामी पुष्टि हुने बित्तिकै मैले तत्काल एक बाकस मास्क अनलाइनमार्फत् अर्डर गरेको थिएँ,’ युनिभर्सिटी अफ वासिङ्टनमा अध्ययनरत तिना लुइले जानकारी दिइन् ।

सन् २०१९ को डिसेम्बर ९ मा फोक्सो सम्बन्धि रोग निम्त्याउने कोरोनाभाइरसको पहिलो संक्रमित व्यक्ति चीनको बुहानमा भेटिएका थिए । अहिलेसम्म यो रोगका तीन हजार संक्रमित भइसकेको पुष्टि भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप