शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरी हेडक्वाटरबाट यौन शोषणको उजुरी गायब

मङ्गलबार, १४ माघ २०७६, ०७ : २४
मङ्गलबार, १४ माघ २०७६

नेपाली सेनामा रासनका सामान्य अनियमितता गर्ने अधिकृतहरु समेत बर्खास्तीमा परिरहेका छन् । छानबिन भएपछि कतिपय जर्नेलहरुले नै राजीनामा दिन बाध्य भएका छन् । 

तर, नेपाल प्रहरीमा भने ठिक त्यसको उल्टो अवस्था छ । गम्भीर किसिमका उजुरीलाई पनि प्रहरी प्र्रधान कार्यालयले लुकाएर राख्दै आएको छ । बरु गल्ती गर्ने प्रहरीलाई संरक्षण गरेर पीडितलाई पनि उल्टो सताउने काम प्रधान कार्यालय नक्सालबाटै भएको छ ।

प्रहरी प्रधान कार्यालयमा दुई एसएसपीविरुद्ध यौन शोषणको उजुरी परे पनि त्यसउपर कुनै छानबिन गरिएको छैन । हाल संघीय प्रहरी इकाई धरानमा कार्यरत एसएसपी शौरभ राणा तथा केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला प्रमुख एसएसपी राकेश सिंहविरुद्ध गम्भीर उजुरीमा प्रहरी मुख्यालयले आँखा चिम्लिएको हो ।

दुवै एसएसपीमाथि महिला प्रहरी कर्मचारीलाई यौन शोषण गरेको आरोप छ । प्रहरी प्रधान कार्यालयले उजुरीउपर चासो नदिएपछि दुवैले गृह मन्त्रालयमा समेत उजुरी गरेका थिए । तैपनि न्याय पाउन सकेका छैनन् । 

प्रहरीले महिला तथा बालबालिकामाथि हुने हिंसाउपर विशेष अभियान चलाइरहेको छ । तर, संगठनभित्रैकै यस्ता घटनामा पनि सिनियर अधिकृतहरुलाई जोगाउने गरेको छ । यसबाट संगठनका तल्लो तहका महिला प्रहरीले प्रहरीभित्रै असुरक्षित महसुस गरेका छन् । यो समाचार आजको दृष्टि साप्ताहिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप