बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकीहरू सवार विमान गजनीमा खसालियो

सोमबार, १३ माघ २०७६, २३ : २७
सोमबार, १३ माघ २०७६

एजेन्सी । अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको गजनी प्रान्तमा सोमबार दुर्घटनाग्रस्त विमान विदेशी कम्पनीको भएकोे अफगानी अधिकारीले बताएका छन् । तालिवान समूहले विमान खसालेको दावी गरेको छ । दुर्घटनाग्रस्त विमान सेनाको हुनसक्ने अनुमान स्थानीय अधिकारीले गरेका छन् तर यसलाई पुष्टि गर्ने आधारहरू अझै फेला नपरेका उनीहरूले बताएका छन् । 

‘स्थानीय समयअनुसार दिउँसो १ बजेर १० मिनेट जाँदा गजनी राज्यको देहयाक जिल्लामा विमान दुर्घटनाग्रस्त भएको थियो,’ प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।  तालिवान विद्रोहीको प्रभाव क्षेत्र गजनी राज्यका गभर्नरले विमान दुर्घटना भएको तर यसबारे बिस्तृत विवरणहरू आउन नसकेको बताएका छन् ।

गभर्नर वाहिदुल्ला कालिमजाईले स्थानीय सञ्चारमाध्यमसँग भने, ‘दुर्घटनाग्रस्त विमान विदेशी विमान कम्पनीको भएको उद्धारमा पुगेका अधिकारीहरूले आफूलाई बताएको तर तर यसलाई पुष्टि गर्ने आधारहरूको खोजी भइरहेको सूचना प्राप्त भएको छ ।’

उनले उक्तस्थानलाई सुरक्षा दिन सुरक्षाकर्मीहरू सोदुकिलतर्फ गइसकेको बताए । विमानमा कति जना सवार रहेका थिए भन्ने कुरा पनि खुल्न सकेको छैन । गजनीको ठूलो क्षेत्र तालिवान विद्रोहीको प्रभाव क्षेत्र हो र विद्रोहीको प्रभावका कारण सरकारी अधिकारीलाई त्यहाँ पुग्न कठिनाई भएको बताइएको छ । सामाजिक सञ्जालहरूमा दुर्घटनाग्रस्त विमान सरकारी स्वामित्वको एरियाना अफगान विमान सेवा रहेको  बताइएपनि उक्त कम्पनीले दुर्घटनाग्रस्त विमानबारेका हल्ला ‘सही नभएको’ बताएको छ । 

यसैबीच अफगानी तालिवान समूहले विमान आफूहरूले खसालेको दावी गरेको छ ।‘अमेरिकीहरू सवार उक्त विमान गजनीमा खसालिएको छ,’ जाविहुल्ला मुजाहिदले पास्तो भाषामा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा विमानमा सवार सबैजनाको मृत्यु भएको दावी गरिएको छ । यसबारे अफगानिस्तानमा तैनाद नेटो सैनिकको आधिकारिक प्रतिक्रिया आइसकेको छैन । Photo: Pajhwok afaghan news

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप