ट्रम्पको शान्ति योजना अस्वीकार गर्न प्यालेस्टिनी प्रधानमन्त्रीको आह्वान
एजेन्सी । प्यालेस्टायनका प्रधानमन्त्री मोहम्मद श्तायहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘शान्ति योजना’ अस्वीकार गर्न आह्वान गरेका छन् । ट्रम्पको योजना इजरायलको पक्षमा आएको भन्दै उनले योजना बहिस्कार गर्न सोमबार अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका हुन् ।
‘यो योजना मार्फत् ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई संरक्षण गर्ने देखिएको छ, यो मध्यपूर्वको शान्ति योजना होइन,’ प्यालेस्टायनी प्रधानमन्त्री श्तायहले मन्त्रीपरिषद् बैठकमा भने । उनले यस योजनाले प्यालेस्टायन नियन्त्रित क्षेत्रलाई पनि इजरायलको अधिकार दिने दावी समेत गरे ।
सोमबार वासिङ्टनमा नेतान्याहु र उनका राजनीतिक प्रतिस्पर्धी बेन्नी गान्ट्जसँगको भेटपछि ट्रम्पले मध्यपूर्वका लागि भन्दै ‘शान्ति योजना’ बनाएको बताएका थिए । अमेरिकी माथिल्लो सदनमा आफूविरुद्धको महाअभियोग प्रस्तावमा छलफल चलिरहेकै बेला ट्रम्पले यस्तो योजना बनाएको बताएका हुन् ।
त्यसैगरी इजरायलमा अर्को महिना निर्वाचन हुन लागेको र गान्ताजले जित्ने सम्भावना रहेको सन्दर्भमा ट्रम्प र इजरायली नेताहरूले भेटवार्ता गरेका छन् । ‘अन्तर्राष्ट्रिय कानुनसँग बाझिने प्रस्ताव उनीहरूले बनाएकाले अन्तर्राष्ट्रिय समुदायले त्यसलाई मान्नु हुँदैन,’ श्तायहले भने । उनले प्यालेस्टायनी जनताको अधिकार विक्रीमा नरहेको भनेर कडा टिप्पणी पनि गर्नुभएको सञ्चारमाध्यमहरूले जनाएका छन् । Photo: Retures
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर