मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

आस्था प्रकरणः ‘अत्याचार’को बदला ‘महाअत्याचार’ !

भंगेरा तर्साउन पनि एके ४७ को प्रहार !
सोमबार, १३ माघ २०७६, २२ : २३
सोमबार, १३ माघ २०७६

‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ हुने र ‘अजब काशी, गज्जब नेपाल’ भनी उखानै बनेको हाम्रो देश नेपालमा गज्जब गज्जबका घटनाहरु हुने गर्छ । त्यस्तै घटना आस्था राउत प्रकरणमा पनि भएको छ ।

केही दिनअघि एयरपोर्टमा आफूमाथि ‘दुर्व्यवहार भएको’ भन्दै फेसबुकमा आक्रोशपूर्ण लाइभ गरेर अण्टसण्ट बयान दिने आस्था राउतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा ‘अभद्र व्यवहार’ को मुद्दा दर्ता भएको थियो । सोही मुद्दाको सिलसिलामा सिक्किमबाट फर्केपछि ‘कानूनलाई सघाउन’ भन्दै आस्था आफैं प्रहरी प्रशासनसमक्ष पुगेकी थिइन् । धेरैलाई लागेको थियो, आस्था आफैंले सार्वजनिक रुपमा माफी मागिसकेको र स्वयं नै उपस्थित भएर कानूनलाई सघाउन तत्पर रहेको यो घटनामा उनीविरुद्धको कारवाहीलाई स्थगित गरिनेछ, रफादफा गरिनेछ वा शुरु भइसकेको कानूनी कारवाहीलाई ‘सेफ ल्याण्डिङ’ गराउनको लागि उनलाई साधारण तारेखमा छाडेर कारवाहीलाई अगाडि बढाइनेछ । तर भयो चाहिँ त्यसको ठीक उल्टो । कानूनले दिएको अधिकारको प्रयोग गर्दै काठमाडौं जिल्ला प्रशासनले उनलाई प्रहरीको माग र अपेक्षाअनुसार आजै मात्रै चार दिन हिरासतमा राखिएको छ । त्यसो त अनुसन्धानमा दक्षिण एशियामै कुनैबला ‘अब्बल’ मानिने नेपाल प्रहरीले उनलाई अनुसन्धानको लागि ७ दिन हिरासतमा राखिपाउनको लागि माग गरेको थियो ।

यो कुरामा कुनै द्विविधा छैन, आस्था राउतले आफूमाथि भएको ‘दुर्व्यवहार’ का विरुद्धमा सामाजिक सञ्जालमा खार पोख्नुको साटो शालिन र कानूनी उपचार खोज्ने बाटो अपनाउनु पर्थ्यो। देश समाजमा केही नाम र इज्जत कमाएका उनको आवाज प्रहरी प्रशासनले पनि सहजै सुनेर त्यसको न्यायोचित निरुपण पनि गर्थ्यो होला । तर उनले त्यसका विपरीत फेसबुकको माध्यमबाट सिंगो प्रहरी संगठनकै विरुद्ध ‘अण्टसण्ट’ लाइभ गर्दै आफ्नो ‘सेलिब्रेटी’ ’औकात’को उपभोग गर्दै ‘अत्याचार’ गरेकै हुन् ।


सबैभन्दा अनौठो र उदेकलाग्दो कुरा चाहिँ के भएको छ भने आस्थाका विरुद्ध एउटा सिंगो संगठन, अझ भनौं राज्यको संगठित बल नै एक सूत्रीय रुपमा ‘बदला’को ‘बदनियत’का साथ लागिपरेको जस्तो प्रतीत हुन थालेको छ । हेक्का राख्नैपर्ने कुरा के हो भने आस्थाले आफूले गल्ती गरेको स्वीकार्दै माफी मागिसकेका छन् र उनीविरुद्ध ‘कानूनी’ कारवाहीको प्रक्रिया चलेपछि आफूले सहयोग गर्ने वाचाबन्धनका साथ सोही अनुरुप पनि प्रस्तुत भएका छन् । गाउँघरतिर बेइज्जत गर्नेले भूल स्वीकार्दै माफी मागेर ‘शिर उठाउने’ प्रक्रिया सम्पन्न गरेपछि गल्ती गर्नेलाई माफी दिइन्छ र मामिला रफादफा हुन्छ ।


तर भुल्न नहुने कुरा के हो भने सेलिब्रेटी वा नाम कमाएका व्यक्ति नै भए पनि आखिरमा आस्था हुन् त एक व्यक्ति नै । यस अर्थमा हाडमासु र छालाले बनेको एक व्यक्तिको हैसियतमा अरुअरु जस्तै मानवीय संवेदना र कमजोरी राख्ने उनले पनि जोशमा होस गुमाउनु अनौठो कुरा होइन । यो व्यक्तिको स्वभाव र चरित्रमा निर्भर गर्छ ।

तर सबैभन्दा अनौठो र उदेकलाग्दो कुरा चाहिँ के भएको छ भने आस्थाका विरुद्ध एउटा सिंगो संगठन, अझ भनौं राज्यको संगठित बल नै एक सूत्रीय रुपमा ‘बदला’को ‘बदनियत’का साथ लागिपरेको जस्तो प्रतीत हुन थालेको छ । हेक्का राख्नैपर्ने कुरा के हो भने आस्थाले आफूले गल्ती गरेको स्वीकार्दै माफी मागिसकेका छन् र उनीविरुद्ध ‘कानूनी’ कारवाहीको प्रक्रिया चलेपछि आफूले सहयोग गर्ने वाचाबन्धनका साथ सोही अनुरुप पनि प्रस्तुत भएका छन् । गाउँघरतिर बेइज्जत गर्नेले भूल स्वीकार्दै माफी मागेर ‘शिर उठाउने’ प्रक्रिया सम्पन्न गरेपछि गल्ती गर्नेलाई माफी दिइन्छ र मामिला रफादफा हुन्छ । यहाँ आस्था प्रकरणमा पनि ‘तीललाई ताड’ बनाएर मुद्दालाई रबरजस्तो तन्काउनुको साटो कानूनको डण्डा जसरी पनि बसाउने हैन कि विवेकको प्रयोग गर्दै मामिलालाई ‘इज्जतिलो रुपमा’ रफादफा गरिनुपथ्र्यो ।  आस्थाले सार्वजनिक माफी मागिसकेका छन् र उनलाई अब उप्रान्त त्यस किसिमले ‘अभद्र व्यवहार नगर्न’ भन्दै सचेत गराए छोड्दा सिंगो प्रहरी प्रशासन र राज्य संयन्त्रकै शिर ठाडो हुन्थ्यो । कदाचित कानूनी प्रक्रियाका जञ्जालहरुलाई पूरा गर्नैपर्ने बाध्यता थियो भने पनि उनलाई साधारण तारेखमा छाडेर पनि कानूनी प्रक्रियालाई अगाडि बढाउन सकिन्थ्यो ।

राज्य, प्रहरी प्रशासनलाई राम्ररी थाहा भएकै कुरा हो, आस्थाले गरेको ‘अपराध’ मनाशयप्रेरित होइन वा थिएन, त्यो त आंशिक रुपमा सेलिब्रेटी हुनुको अहं अनि बढी चाहिँ आवेशजन्य परिस्थितिको उपज मात्रै थियो । यस अर्थमा उनलाई खुंखार फौजदारी अपराधी वा पटके अपराधीलाई जस्तै थुनामै राखेर कानूनी कारवाही गर्नु जरुरी थिएन । सबै कुरा कानूनमा लेखिएकै आधारमा अक्षरशः हुनुपर्छ भन्ने हुँदैन, जे मुद्दामा पनि कानूनको डण्डा बर्साएर मात्रै हल खोज्ने बाटो समातिन थालियो भने त्यो अहंकार र जिद्दीको द्योतक बन्न पुग्छ । ज्यानै मारेको मुद्दामा त नियत र आवेशलाई केलाइन्छ भने ‘अभद्र व्यवहार’को यो मुद्दामा अहिले आस्थालाई थुनामा राखेर कानूनी कारवाही अगाडि बढाउनुलाई कदापि विवेकसम्मत मान्न सकिँदैन । वास्तवमा यो त भंगेरा धपाउन वा तर्साउन एके ४७ को गोली प्रहार गरेजस्तै भयो । एककिसिमले यो राज्ययन्त्रको ‘नांगो दुरुपयोग’ हुन सक्ने कुराको संकेत पनि हो । त्यसैले अहिले आस्थाविरुद्धका कारवाहीमा अपनाइएको शैलीका विरुद्ध हामीले भन्नैपर्छ ः आस्थाले ‘अत्याचार’ गरेका हुन् भने सार्वजनिक छवि बनाइसकेका, गैरआपराधिक चरित्रका आस्थालाई थुनामा राखेर कानूनी कारवाही गर्नु राज्यले गरेको ‘महाअत्याचार’ हो । सम्भवतः नाङ्लो ठट्याएर हात्ती तर्साउने’ भूतले राज्ययन्त्रको डाडु पन्यू सम्हाल्ने मौका पाएकाहरुलाई नराम्ररी पिरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप