म्याद गुज्रेका पार्टीले राम्रो होइन, ‘रिएक्सन’ गर्छन : सिके राउत

बुटवल । जनमत पार्टी अध्यक्ष सिके राउतले नेपालमा रहेका राजनीतिक दलहरुलाई म्याद गुज्रेको पार्टी भनि टिप्पणी गरेका छन् ।
उनले नेकपा, काँग्रेस, समाजवादी र राष्ट्रिय जनता पार्टी लगायतलाई म्याद गुज्रेको औषधीसँग तुलना गरे ।
जनमत पार्टी रुपन्देहीले आयोजना गरेको आमसभामा राउतले यस्ता म्याद गुज्रेका पार्टीले राम्रो गर्नेभन्दा पनि अब ‘रिएक्सन’ गर्ने बताए ।
मधेश आन्दोलनको दौरान रुपन्देहीको बेथरी, बेलहिया लगायतका क्षेत्रमा मारिएका शहिदहरुका स्मरणमा भैरहवामा आयोजना गरिएको आमसभामा राउत आक्रमक रुपमा प्रस्तुत भएका थिए ।
जिल्लाका बिभिन्न ग्रामीण क्षेत्रबाट आएका स्थानीयलाई स्म्बोधन गर्दै उनले जनताको भरोसकाको रुपमा अब एक मात्र जनमत पार्टी रहेको बताए ।
मधेश आन्दोलनमा मारिएका शहिद र आम मधेशी जनताको मूख्य माग अहिले पनि पुरा नभएको बताउँदै राउतले अहिलेको मधेशी पार्टीले शहिदहरुको बलिदानको मोलतोल गरेको आरोप लगाए ।
जनमत पार्टीका केन्द्रय स्तरका नेताहरुको ब्यापक सहभागीता रहेको सभामा राउत संगै पार्टीका प्रवक्ता अब्दुल खाँन, केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला संयोजक भोपेन्द्र यादव लगायतले बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलओडी बन्यो विश्वकै ४४ औँ उत्कृष्ट क्लब
-
बार निर्वाचन : मिश्र २ हजार ४३१ मतान्तरले विजयी
-
बक्स अफिसमा विदेशी फिल्म : कुनैको १५ वटा टिकट बिक्री, कुनैको ८ लाख !
-
सडकका तीनवटै लेन कब्जा गर्न खोजेपछि शिक्षक र प्रहरीबिच विवाद
-
बिना अध्ययनका करिब ११ हजार योजनामा बजेट लोड गरिएको छ : अर्थमन्त्री
-
नयाँ वर्षमा द क्लिफमा गायिका रचनाको प्रस्तुति