केन्द्रीय संस्करण

पूर्वी अफगानिस्तानमा विमान दुर्घटना

personaccess_timeJan 27, 2020 chat_bubble_outline0

एजेन्सी । अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको गजनी प्रान्तमा सोमबार एउटा विमान दुर्घटना भएको अफगानी अधिकारीले बताएका छन् । दुर्घटनाग्रस्त विमान यात्रुबाहक विमान थियो वा सैनिक विमान यसबारे जानकारी प्राप्त हुन सकेको छैन ।

विमानमा कति यात्रु रहेका थिए भन्नेबारे समाचार तयार पार्दासम्म जानकारी हुन सकेको छैन ।  ‘स्थानीय समयअनुसार दिउसो १ बजेर १० मिनेट जाँदा गजनी राज्यको देहयाक जिल्लामा विमान दुर्घटनाग्रस्त भएको थियो,’ प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । 

गजनी राज्यका गभर्नरका प्रवक्ता अरेफ नूरीले एएफपीसँग भने, ‘दुर्घटनाग्रस्त विमानमा आगो लागिरहेको छ भने स्थानीयले विमानको आगो निभाउने प्रयास गरिरहेको सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका भिडियोहरूमा देखिएको छ । हामीहरूले अहिलेसम्म विमान सैनिक हो वा यात्रुवाहक हो भन्नेबारेमा जानकारी हुनसकेको छैन ।’

स्थानीय  प्रहरी प्रवक्तासमेतले घटनाको पुष्टि गर्दै विमानबारे थप विवरण प्राप्त नभएको जनाए । गजनीको ठूलो क्षेत्र तालिवान विद्रोहीको प्रभाव क्षेत्र हो र विद्रोहीको प्रभावका कारण सरकारी अधिकारीलाई त्यहाँ पुग्न कठिनाई भएको बताइएको छ । सामाजिक सञ्जालहरूमा दुर्घटनाग्रस्त विमान सरकारी स्वामित्वको एरियाना अफगान विमान सेवा रहेको लेखेका छन् भने उक्त कम्पनीले दुर्घटनाग्रस्त विमानबारेका हल्ला ‘सही नभएको’ बताएको छ ।

इरिआना अफगान एअरलाइन्सका सबै विमानले सोमबारका उडानहरू सामान्य अवस्थामा सम्पन्न गरिसकेको छ, सरकारी विमान कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । द्वन्द्वरत अफगानिस्तानमा सेनाले प्रयोग गर्ने विमान खासगरी हेलिकोप्टरहरूको दवाबमा उडान भर्नुपर्ने बाध्यता र भौगोलिक विकटताका कारण दुर्घटनालाई सामान्य लिने गरिन्छ । 

अफगानिस्तानमा सन् २०१० मा पामिर एअरवेजको यात्रुबाहक विमान राजधानी काबुलबाट कुन्दुजका लागि जाने क्रममा दुर्घटना हुँदा छ चालकदलका सदस्यसहित ३८ यात्रुको मृत्यु भएको थियो । विमान काबुलबाट २० किलोमिटर टाढा हिमाली क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । Photo:jagaran.com
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...