मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पद्यश्री पुरस्कारमा नाम परेपछि कंगनाले भनिन्: छोरी,आमा र सम्पूर्ण महिलामा समर्पित गर्दछु

सोमबार, १३ माघ २०७६, १९ : २७
सोमबार, १३ माघ २०७६

मुम्बई । भारत सरकारले यो वर्षको ‘पद्यश्री’ पुरस्कारको घोषणा गरेको छ । जसमा बलिउड अभिनेत्री कंगना रनावत,निर्माता करण जौहर, गायक अदनान सामी र निर्माता एकता कपुरको नाम यो पुरस्कार पाउने लिष्टमा उल्लेख छ ।

पद्यश्री पुरस्कारमा आफ्नो नाम सार्वजनिक भएपछि त्यसको खुसी अभिनेत्री कंगनाले इस्टाग्राम मार्फत एक भिडियो शेयर गर्दै सार्वजनिक गरेकी छन् । भिडियोमा उनले भनेकी छन्, ‘म निकै आभारी छु र सम्मानित समेत महशुस गरिरहेकी छु । सम्मानका लागि देशलाई धन्यवाद दिन्छ ।’ उनले अगाडि भनेकी छन्, ‘सम्मान सम्पुर्ण महिला, छोरी,  आमा र देशको भबिश्य निर्माणमा लाग्ने महलालाई सर्मपित गर्दछु ।’

निर्माता एकता कपुरले खुसीको शेयर गर्दै लेखेकी छन् ‘धेरै धेरै भाबुक ।’  निर्माता करण जौहरले सम्मानले निकै गर्व महशुस भएको बताए । उनले ट्वीट मार्फत खुसी शेयर गर्दै लेखेका छन्, ‘म निशब्द भएको समय जीवनमा कम हुन्छ । अहिले यही समय हो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप