राजर्षिजनक विश्वविद्यालयमा तालाबन्दी
जनकपुर । राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघद्वारा राजर्षि जनक विश्वविद्यालयमा तालबन्दी गरेको छ । संघले विश्वविद्यालयसँग विभिन्न ८ बुँदे माग राख्दै आइतबार तालाबन्दी गरेको हो । काँग्रेस र नेकपाले विश्वविद्यालयमा राजनीतिककरण गरेको भन्दै संघले तालाबन्दी गरिएको जनाएको छ ।
सटरमै विश्वविद्यालय सञ्चालन गरेर साख र गरिमा धुमिल पार्न खोजिएको आरोप लगाउँदै तालाबन्दी गरिएको प्राडा विनोद साहले बताए । उनले विश्वविद्यालयका पदाधिकारीहरुले श्रोत साधनको दुरुपयोग गरेर चरम भ्रष्टाचार गरिरहेका बताए ।
हामीले विश्वविद्यालयको भौतिक संरचना आवश्यक पुर्वाधार सहित शैक्षिक तथा प्राज्ञिक गतिविधिमा सुधार, विश्वविद्यालयको पदाधिकारी, कर्मचारी तथा प्राध्यापकको भर्ना प्रक्रिया पारदर्शी हुनुपर्ने माग राख्दै तालाबन्दी गरेको उनले बताए ।
संघले पुस २७ गते विभिन्न मागसहित उपकुलपति भरत झालाई ध्यानाकर्षण सहित अल्टिमेटम पत्र बुझाएको थियो । उक्त मागको सुनुवाई नभएपछि रजिष्टार र डिनसहितको कार्यालयमा तालाबन्दी गरिएको संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी