शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विवाह तयारीमा आलिया र रणवीर

सोमबार, १३ माघ २०७६, १८ : ४१
सोमबार, १३ माघ २०७६

मुम्बइ । अभिनेत्री आलिया भट्ट र रणवीर कपुर बलिउडको सबैभन्दा क्युट जोडी हुन् । पछिल्लो समय यी दुईको विवाहको चर्चाले मिडियामा प्रथामिकता पाएको छ । 

तर, यी दुबैले बिवाहको विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैनन् । तर, यी दुबैको विवाह यसै वर्ष हुने अनुमान गरिएको छ ।  

दुबैले पहिलो पटक एकसाथ अभिनय गरेको फिल्म ‘ब्रह्मास्त्र’ हो । जसको सुटिङ चलिरहेको छ । फिल्म अभिनयको सिलसिलमा उनीहरु एकअर्काेको झन् नजिक भएका छन् ।

केही भारतिय मिडियाले फिल्म युनिटका सदस्यलाई उद्घृत गर्दै आलिया र रणवीर बिवाहको तयारीमा जुटेको समाचार समेत बनाएका छन् । समाचारमा उनीहरु हनिमुन डेष्टिनेशनको खोजिमा रहेको समेत उल्लेख गरिएको छ ।

आलिया र रणवीर अभिनित फिल्म ‘ब्रह्मास्त्र’का निर्देशक अयान मुखर्जी हुन् । फिल्ममा अमिताभ बच्चनको पनि मुख्य भुमिका रहेको छ । फिल्ममा मौनी राय, नागार्जुन, डिम्पल कपाडिया, प्रतीक बब्बर समेतको अभिनय रहने छ । फिल्मको रिलिज यसै वर्ष हुने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप