शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

थ्रीस्टारलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा

सोमबार, १३ माघ २०७६, १८ : ३६
सोमबार, १३ माघ २०७६

काठमाडौं । मच्छिन्द्र फुटबल क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा सोमबार भएको खेलमा बलियो प्रतिद्वन्द्वी थ्रीस्टारलाई २–० गोलले हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । मच्छिन्द्रको जितमा रेजिन सुब्बा र विशाल राईले गोल गरे । मच्छिद्धन्द्रले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको थियो ।

३८ औं मिनेटमा रेजिनले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । उनी १० मिनेटअघि दिपक राईको स्थानमा अतिरिक्त खेलाडीको रुपमा मैदान छिरेका थिए । त्यसपछि मच्छिन्द्रले ९० औं मिनेटमा दोस्रो गोल गरेको थियो । विशालले पोस्ट नजिकबाट गोल गर्दै मच्छिन्द्रलाई सजिलै जिताए ।

बल पोसेसनमा राम्रो देखिएको थ्रीस्टारको स्ट्राईकिङ लाइन कमजोर बनेको थियो । मच्छिन्द्रका पिटर सेगुन म्यान अफ दी म्याच भए । उनलदे १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै मच्छिन्द्रले नौ खेलबाट १९ अंक बनाएको छ । समान खेलबाट १४ अंक बनाएको थ्रीस्टार क्लब चौथो स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप