सभामुख सापकोटा नेकपाबाट अलग
सोमबार, १३ माघ २०७६, १८ : ३१
काठमाडौं । सभामुख पद सम्हालेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले आफू दलको सदस्यबाट अलग रहेको घोषणा गरेका छन् । उनले सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्षरुपमा निर्वाह गर्न आफू दलबाट अलग रहेको घोषणा गरेका हुन् ।
‘नेकपाको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिदेखि मेरो संलग्नता नरहेको व्यहोरा अनुरोध गर्दछु’,सभामुखद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ,‘नेकपाको सदस्यबाट पनि अलग रहेको जानकारी गराउदँछु ।’
नेकपा स्थायी कमिटी सदस्य सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् । उनले आजै पद तथा गोपनियताको शपथ लिइ सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा