अनलाइन मार्फत ठगी गरेको अभियोगमा ४ जना पक्राउ
सोमबार, १३ माघ २०७६, १८ : १९
पर्सा । अनलाईन मार्फत ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा गढीमाई नगरपालिका-३ पिप्राविर्ता घर भई पर्सा बीरगंज महानगरपालिका-१५ ब्रह्मचोक बस्ने २९ वर्षीय रोशन सिंह, सोही ठाउँ बस्ने २१ वर्षीय बिशाल सिंह, भारत कलकत्ता घर भई हाल पर्सा सोही महानगरपालिका डेरा गरि बस्ने २६ वर्षीय सबिक भक्त र सोही ठाउँ ब्रह्मचोक बस्ने १८ वर्षीय फारुख आलम रहेका छन् ।
उनीहरुले सामाजिक संजालहरुबाट एपल कम्पनिको मोबाइल कम मूल्यमा पठाउने र अमेरिका, क्यानडा र सिंगापुर लगायतका देशहरुको भिसा समेत लगाई दिने जस्ता झुठ्ठा आश्वासन दिई सर्वसाधारणलाई प्रलोभनमा पारी रकम ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?
-
भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो