बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

सोमबार, १३ माघ २०७६, १८ : ०१
सोमबार, १३ माघ २०७६

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटलाई सोमबार हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश सपना मल्ल  प्रधानको इजलाशमा भएको सुनुवाइ नसकिएपछि मुद्दा मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको हो।  

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै  अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सापकोटाविरुद्ध सर्वोच्चमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन परेपछि आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशमा उक्त रिटको पेशी तोकेका थिए । 

पेशीको पहिलो नम्बरमा रहेको भएपनि सापकोटाविरुद्धको उक्त मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएको थियो । यसअघि कानुन व्यवसायी रहेकै अवस्थामा सुबोध प्याकुरेल लगायतले सापकोटाविरुद्ध दिएको रिटमा फुयाँलले बहस गरेका थिए । त्यतिबेला फुयाँलले अग्नि सापकोटाविरुद्ध बहस गरेका थिए ।

रिटमा सापकोटालाई सभामुख पदमा निर्वाचित गर्नबाट रोक्नुका साथै सभामुखको  निर्वाचन प्रक्रिया समेत रोक्न माग गरिएको छ । 

यस्तै सापकोटालाई पक्राउ गरेर अनुसन्धान गर्न र उनलाई पक्राउ नगर्ने प्रहरी अधिकारीलाई समेत कारबाही गर्न माग गरिएको छ । 

तर, सापकोटा आइतबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । उनले पद तथा गोपनियताको सपथ पनि लिइसकेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप