नेपालमा फेरि भेटिए कोरोना संक्रमित बिरामी

काठमाडौं । नेपालमा फेरि एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको प्रमाणित भएको छ । नोबेल कोरोना भाइरसको शंकामा स्याम्पल परीक्षणका लागि हङकङ पठाइएका २ जनामध्ये एक जनामा सो भाइरसको संक्रमण भएको प्रमाणित भएको हो ।
यसअघि एकजनामा सो भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । ल्याब टेष्टका लागि हङकङ पठाइएको स्याम्पल रिपोर्टमा नोबेल कोरोना भाइरस देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । योसहित नेपालमा २ जनामा सो भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
दोश्रोपटक स्याम्पल परीक्षण गर्न २ बिरामीलाई पठाइएको थियो । शंका गरिएकामध्ये एक जनामा कोरोना भाइरस संक्रमण भएको अस्पताल स्रोतले जनाएको छ । संक्रमण नदेखिएपछि एक जनालाई भने डिस्चार्ज गरिएको छ । संक्रमितलाई अस्पतालको आईसोलेशन वार्डमा राखेर उपचार भइरहेको छ ।
चीनको हुवानबाट सुरु भएको सो भाइरसको संक्रमणबाट त्यहाँ हालसम्म ८१ जनाको ज्यान गइसकेको छ । करिब २ हजार ७ सय ४३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञा हटेपछि मात्रै एमाले वीरगञ्ज महानगर कमिटिको मतदान हुने
-
नेकोस सातौँ अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप वैशाख पहिलो साता
-
‘संविधान संशोधनभन्दा पनि त्यसको समीक्षा गरेर अघि बढ्नुपर्छ’
-
पोखरा महानगर : हटाइएका करार कर्मचारीले लगाए ताला
-
विशिष्ट व्यक्तिहरुको सम्पत्ति छानविनको पहलको लागी सभामुखलाई ध्यानाकर्षण
-
सिंगापुरमा निर्वाचनको मिति घोषणा